सेयर बजारमा थपियो १ करोड ३४ लाख कित्ता सेयर



काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा विभिन्न ४ कम्पनीको १ करोड ३४ लाख ९१ हजार ८८९ कित्ता सेयर सूचीकृत भएको छ ।

नेप्सेमा माछापुच्छ्रे बैंक आशा लघुवित्त, साधना लघुवित्त र गुँरास लघुवित्त वित्तीय संस्थाको सेयर सूचीकत भएको छ ।


नेप्सेमा बैंकको १ करोड २० लाख ४० हजार ६१० कित्ता (१३.३० प्रतिशत), आशा लघुवित्तको ६ लाख ६७ हजार ८२८ कित्ता (२५ प्रतिशत), साधना लघुवित्तको ६ लाख ४२ हजार ४५१ कित्ता (२५ प्रतिशत) र गुराँस लघुवित्तको १ लाख ४१ हजार (१६.९० प्रतिशत) कित्ता बोनस सेयर सूचीकृत भएको छ ।


सूचीकृत ४ वटा कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट यो बोनस सेयर वितरण गरेका थिए । उक्त बोनस नेप्सेमा सूचीकृत भएको हो ।


क्लिकमान्डु