ग्लोबल आइएमई लघुवित्तको नाफा २२.२५% ले बढ्यो, अन्य सूचक कस्ता ?



C

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

६ महिनाको अवधिमा कम्पनीको नाफा २२.२५ प्रतिशतले बढेर १४ करोड ७८ लाख ९४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको नाफा १२ करोड ९ लाख ८० हजार रुपैयाँ रहेको थियो ।

यो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा पनि बढेको छ । जसले गर्दा नाफा आर्जन गर्न धेरै सहयोग देखिएको छ । कम्पनीको खुद ब्याज आम्दानी ५४.४१ प्रतिशतले बढेर ३० करोड ३७ लाख ७६ हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन मुनाफा पनि १३.१२ प्रतिशतले बढेर १५ करोड ७ लाख रुपैयाँ रहेको छ ।

५५ करोड २५ लाख ८९ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगुेडा कोषमा ३६ करोड ५४ लाख ४४ हजार रुपैयाँ रहेको छ ।प्रतिसेयर आम्दानी भने ५३ रुपैयाँ ५३ पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ १३ पैसा रहेको छ ।


क्लिकमान्डु