प्रतिसेयर आम्दानी ४ रुपैयाँ ४३ पैसा रहेको निफ्राले यसरी बढायो नाफा



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ ।
यो अवधिमा कम्पनीको नाफामा सुधार देखिएको छ ।

निफ्राले पुस मसान्तसम्म आइपुग्दा ४४ करोड २६ लाख ४८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा २५.६६ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकको नाफा ३५ करोड २२ लाख ५५ हजार रुपैयाँ रहेको थियो ।

वित्तीय अवस्था अनुसार पुस मसान्तसम्म खुद ब्याज आम्दानी ४४.६१ प्रतिशतले बढेर ८२ करोड ३५ लाख ५६ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा ५६ करोड ९४ लाख ८५ हजार रुपैयाँ रहेको थियो ।

यस्तै सञ्चालन मुनाफा २५.५७ प्रतिशतले बढेर ६३ करोड २३ लाख २१ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा ५० करोड ३५ लाख ७६ हजार रुपैयाँ रहेको थियो ।

२० अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ८४ करोड ४४ लाख ६ हजार रुपैयाँ रहेको छ । कम्पनीले ८ प्रतिशतल बोनस दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारित भएपछि चुक्ता पुँजी साढे २१ अर्ब पुग्नेछ ।

बैंकको निक्षेप संकलन ४.०९ प्रतिशतले बण्ेको छ भने कर्जा लगानी ४०४.०२ प्रतिशतले बढेर ८ अर्ब १३ करोड ६४ लाख ७८ हजार रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी ४ रुपैयाँ ४३ पैसा रहेको निफ्राको प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ २२ पैसा रहेको छ ।


क्लिकमान्डु