११ फाइनान्स कम्पनीको लाभांश, ८.५ देखि ४६ प्रतिशतसम्म



काठमाडौं । सञ्चालनमा रहेको फाइनान्स कम्पनीमध्ये ११ वटा कम्पनीले लाभांश घोषणा गरेका छन् । जसमा कम्पनी अनुसार न्यूनतम ८.५ प्रतिशतदेखि ४६ प्रतिशतसम्म लाभांश घोषणा गरेका छन् ।

सबैभन्दा धेरै मञ्जुश्री फाइनान्सले ४६ प्रतिशत लाभांश घोषणा गरेको छ भने सबैभन्दा कम पोखरा फाइनान्सले ८.५ प्रतिशत मात्रै लाभांश दिने भएको छ ।

मञ्जुश्री फाइनान्सले लगानीकर्तालाई ४० प्रतिशत बोनस र ६ प्रतिशत नगद लाभांश दिने भएको छ ।

मञ्जुश्रीपछि धेरै लाभांश दिने फाइनान्स कम्पनीमा रिलायन्स फाइनान्स रहेको छ । फाइनान्सले लगानीकर्तालाई १५.७९ प्रतिशत लाभांश दिएको छ । जसमा बोनस १५ प्रतिशत र कर प्रयाजनको लागि ०.७९ प्रतिशत नगद लाभांश दिने भएको छ ।

रिलायन्सपछि जानकी फाइनान्सको पनि लाभांश १५.७८ प्रतिशत रहेको छ । जसमा बोनस १५ र कर प्रयोजनको लागि ७८ प्रतिशत नगद लाभांश रहेको छ ।

फाइनान्स कम्पनीहरुले गरेको लाभांशमा १० प्रतिशत भन्दा कम पोखरा र प्रोग्रेसिभ फाइनान्सको रहको छ । पोखरा फाइनान्सले ८.०७५ प्रतिशत बोनस र ०.४२ प्रतिशत नगदसहित ८.५ प्रतिशत लाभांश दिने भएको छ भने प्रोग्रेसिभ फाइनान्सले ६ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७९ प्रतिशत नगद लाभांश रहेको छ ।

कम्पनीहरुले प्रकाशित गरेको विवरण अनुसार सेन्ट्रल फाइनान्सको ११ प्रतिशत, गुडविल फाइनान्सको १३ प्रतिशत, गुहेश्वरी मर्चेन्ट बैंकिङ फाइनान्स कम्पनीले १०.५२ प्रतिशत, आइसीइफसी फाइनान्स १४ प्रतिशत, मल्टिप्रपोज फाइनान्सले १३.६८ र श्री इन्भेष्टमेन्ट फाइनान्सले लगानीकर्तालाई ११ प्रतिशत लाभांश दिने भएको छ ।


क्लिकमान्डु