आन्तरिक हवाई उडानमा खोप कार्ड अनिवार्य



काठमाडौं । कोरोना भाइरस महामारीको संक्रमण दर उच्च हुँदै गएपछि अब आन्तरिक हवाई उडानमा कोरोना विरुद्धको खोप कार्ड अनिवार्य गरिएको छ ।

सरकारले यसअघि नै माघ ७ गतेदेखि हवाई उडानमा कोरोना खोप कार्ड अनिवार्य गरेको थियो । यसको अर्थ अब कोरोना खोप नलगाउनेहरुले हवाई यात्रा गर्न पाउने छैनन् ।

नेपाल वायुसेवा सञ्चालक संघको बुधबार बसेको बैठकले मोबाइलमा भए पनि कोरोना विरुद्धको खोप लगाएको प्रमाण पेश गर्नुपर्ने निर्णय गरेको छ ।

बैठकले हवाईजहाजभित्र सेनिटाइजरको व्यवस्था गर्नुपर्ने, प्रत्येक उडानपछि हवाई जहाज र ब्यागेज निसंक्रमित गर्नुपर्ने र चेकइन बोर्डिङ, ब्यागेज क्लेम रुम तथा प्रतिक्षालयमा भिड हुन नदिन जनस्वास्थ्यका मापदण्ड लागू गराउने निर्णय गरेको छ ।


क्लिकमान्डु