कसले पाउँछ छ्याङदी हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिन ?



काठमाडौं । छ्याङदी हाइड्रोपावर कम्पनीले १०ः३ को अनुपातमा ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले ८ करोड ९३ लाख रुपैयाँको ८ लाख ९३ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको छ । माघ ११ देखि निष्काशन हुने सेयरमा फागुन २ गतेसम्म आवेदन दिन सकिने छ ।

उक्त हकप्रद सेयरमा आवेदन दिन पुस २० गतेसम्म कायम रहेका लगानीकर्ताले मात्रै पाउनेछन् । पुस २१ गतेबाट कम्पनीले बुक क्लोज गरेको छ । कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

हकप्रद सेयरमा आवेदन बिक्री प्रबन्धकका साथै सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

यस्तै ग्लोबल आइएमई बैंकको लम्जुङ जिल्लाका शाखा बेंसीशहर, सुन्दर बजार, भोर्लेटार, सिउँडीबार, उदिपूर र दोर्दी शाखबाट पनि आवेदन दिन सक्ने कम्पनीले जानकारी गराएको छ ।


क्लिकमान्डु