घरायसी तथा मृत्यु नामसारी सेवा बन्द



काठमाडौं । कोरोना महामारीका कारण सिडिएस एण्ड क्लियरिङ (सिडिएससी) ले दिने घरायसी तथा मृत्यु नामसारी सेवा बन्द अल्पकालिन अवधिको लागि बन्द भएको छ ।

सिडिएससीका अधिकांश कर्मचारीलाई कोरोना संक्रमणको लक्षण देखिपछि यो सेवा केही समयको लागि बन्द भएको हो ।
सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेका अनुसार कार्यालयका धेरै कर्मचारीमा संक्रमण देखिएपछि यो सेवा केही समयको लागि बन्द भएको हो ।

‘कार्यालयमा सेवा लिन जेष्ठ नागरिक लगायतका मानिस आउने गर्नुहुन्छ’ उनले भने ‘हामीले सेवा दिने क्रममा कोरोना संक्रमण बढाउनु भएन । त्यसैले अर्को सूचना जारी नभएसम्म यो सेवा बन्द भएको हो ।’ कोरोना संक्रमण न्यून भएपछि यो सेवाले पनि निरन्तरता पाउने न्यौपानेको भनाइ छ ।


क्लिकमान्डु