एनसीएचएलले यसरी विस्तार गर्दैछ डिजिटल कारोबार



काठमाडौं । पुस मसान्त लाग्दै गर्दा सबै उद्योग प्रतिष्ठानलाई हिसाब मिलानको चटारो हुन्छ । केही समयअघिसम्म कर बुझाउन लामो लाइन बस्नुपथ्र्यो । एक दुई दिन नै जान्थ्यो ।

प्रविधिको विकासले धेरै कुरा परिवर्तन गरिदिएको छ । कैयौं दिन लाग्ने काम एकैछिनमा हुन थालको छन् भने घण्टौं लाइनमा बस्ने झन्झट हटेको छ । घर वा कार्यालयको कम्प्युटर स्क्रिनबाट धेरै काम गर्न सकिने भएको छ ।

गएको पुस मसान्तमा पनि उद्योग प्रतिष्ठानलाई सरकारको कर समयमै तिर्न हतारो भयो । तर, पहिलाजस्तो समय खर्चिनु परेन । ती उद्योग प्रतिष्ठानले नेपाल क्लियरिङ हाउस (एनसीएचएल)का विभिन्न प्लेटफर्ममा गए । र, तिर्नु पर्ने दायित्व तिरे ।

राजश्व संकलन कार्यलयमा लाग्ने लाइन अहिले एनसीएचएलका विभिन्न प्लेटफर्ममा अनलाइनमा लाग्ने थालेका छन् । पुस मसान्तको मध्यरात १२ बजेसम्म यस्तै लाइन थियो । अर्को दिन लाग्यो कि जरिवाना लागिहाल्छ ।

परम्परागत रुपमा भइरहेका यस्ता कामलाई डिजिटाइज गर्न लागिपरेका छन् एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेषमान सिंह प्रधान ।

‘पुस मसान्तमा राजश्व बुझाउनेको चाप मध्यारात १२ बजेसम्मै हुन्छ,’ नीलेषमान भन्छन्, ‘डिजिटल माध्यमा हरेक प्लेटफर्म यसरी नै व्यस्त हुन थालेका छन् ।’

पछिल्लो छ महिनामा कनेक्ट आइपीएसको कारोबार शतप्रतिशतले वृद्धि भएको छ । राजश्व संकलनको कारोबार संख्या पनि गत वर्षको तुलनामा ५० प्रतिशतभन्दा धेरैले भएको छ भने खर्चको कारोबार संख्या ८० प्रतिशतले बढेकोछ ।

४४ वर्षे निलेषमानले विगत १२ वर्षदेखि एनसीएचएल हाँकिरहेका छन् । सन् २०१२ मा इलेक्ट्रोनिक चेक क्लिरेनस ९इसीसी० बाट आफ्नो कारोबार सञ्चालन शुरु गरेको एनसीएचएले अहिले इन्टर बैंक पेमेन्ट, कनेक्ट आइपीएस, एनपीआई, आरटीजीएस, कर्पोरेट पेसजस्ता सेवा सञ्चालन गरिरहेको छ । एनसीएचएलले सरकार, स्थानीय निकाय, संस्थान, कर्पोरेट कम्पनी, ससाना व्यवसायदेखि सर्वासाधरणलाई अनलाइबाट भुक्तानी गर्न सकिने प्लेटफर्म उपलब्ध गराएको छ ।

जसले सरकार, संघ संस्थान, कर्पोरेट कम्पनी, बैंक तथा वित्तीय संस्था तथा सर्वसाधरणको अतिरिक्त लागत र समयको बचत गरेको छ । यसले मुलुकको राजश्व प्रणाली र समग्र राष्ट्रिय आर्थिक क्रियाकलापमा सकारात्म प्रभाव पारेको छ ।

बैंकिङ क्षेत्रमा पनि ठूलो सहयोग भएको छ । जस्तो कि पहिला बैंकबाट चेक क्लियरिङ गर्न नै दुई तीन दिन लाग्थ्यो । अहिले भने कनेक्ट आइपीएसबाट गर्दा दुई अढाई घण्टामै चेक क्लियरिङ हुन्छ । घरमै बसेर उक्त रकम भुक्तानी गर्न सकिन्छ ।

महालेखा जस्तो सरकारको सबैभन्दा ठूलो सञ्जाल भएको सरकारी कार्यलय पूर्णरुपमा डिजिटाइज भएको छ । सन् २०१६ देखि नै यसलाई डिजिटाइज गर्ने प्रयास भएको थियो ।

आम सर्वसाधरणले गर्ने सानो व्यवसायदेखि ठूलाठूला कारोबार गर्ने कम्पनीहरुले पनि यसैमार्फत आफ्नो कर, राजश्व बुझाइरहेका छन् । सन् २०१८ देखि डिजिटल माध्यमबाट राजश्व बुझाउने प्रकृया शुरु भएको थियो । गत वर्षसम्म कुल राजश्वको १० प्रतिशत डिजिटल भइरहेको बेलामा यो वर्ष २५ प्रतिशत राजश्व डिजिटलबाट हुने अनुमान नीलेषमानको छ ।

अहिलेको अवस्थामा कम देखिए पनि यो विस्तारै बढ्दै जाने नीलेषमान बताउँछन् । केन्द्रीय सरकारमात्र मात्र होइन, प्रदेश सरकार, स्थानीय निकायको कारोबार पनि डिजिटल हुन थालेको छ ।

बार्षिक अर्बौंको कारोबार गर्ने नेपाल आयल निगम पनि पूर्णरुपमा डिजिटल कारोबार शुरु गरेको छ । आयल निगम जस्तो ठूलो संस्थालाई डिजिटल कारोबारमा रुपान्तरण गर्नु चुनौतिपूर्ण थियो । तर, एनसीएचएलले आफ्नो विगतको अनुभवलाई प्रयोग गर्दै ६ महिनामै लाइभमा ल्याउन सफल भयो ।

एनओसीको नेपालभरी डिलर छन् । जसले हरेक दिन पेट्रोलिय पदार्थको अर्डर र पेमेन्ट कनेक्ट आइपीएस, एआइपीएृस, कर्पोरेट पे वा कुने पनि बैक तथा वित्तीय संस्थाबाट ति डिलरले आफूले पाएको तेलको भुक्तानी गर्न सक्छन् ।

एनसीएचएलले त्यसअघि कर्मचारी सञ्चाय कोष, नागरिक लगानी कोष ९सीआइटी० लगायत विभिन्न सरकारी निकायलाई डिजिटल कारोबारमा रुपान्तरण गरिसकेको छ ।

अहिले सरकारी, संस्थान, अर्ध सरकारी, विभिन्न व्यापारिक संस्था, आइएसपीहरु, ब्रोकर, नेप्से, मर्चेन्ट बैंकहरु, अएसपीहरु जस्तो की सुविसु, भायानेटहरु पनि सेवा लिएका छन् ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएका सबैजसो पीएसओ, पिएसपीहरु पनि एचसीएचएलमा जोडिएका छन् । कनेक्ट आइपीएसमा ५४ बैंक र आइपीएसमा ५८ छन् । बैंकबाहेकका संस्थाहरु एनपीआइमार्फत जोडिन्छन् । ती संस्था अहिले ६० वटा जति पुगेका छन् ।

एनसीएचएलमा पनि चेकको कारोबार, इन्टर बैंक सिस्टम दिन प्रतिदिन बढिरहेको छ भने कनेक्ट आइपीएसको कारोबार नम्बरको आधारमा गत वर्ष ६६० प्रतिशतले वृद्धि भएको थियो ।

रिटेलसँगै संस्थागत कारोबार बढेको छ । कनेक्ट आइपिएसमा संस्थागत कारोबार अघिल्लो वर्षको तुलनामा गत वर्ष झन्डै ५६ प्रतिशत छ भने आइपीएसमा ५० प्रतिशतले वृद्धि भएको थियो ।

डिजिटल कारोबारमा जोड

मुलुकको हरेक क्षेत्रको कारोबार विस्तारै डिजिटल प्रणालीमा रुपान्तरण भइरहेको छ । एक व्यक्तिले गर्ने करोबारदेखि व्यापार व्यवसाय, संघ संस्थान, सरकारीले पनि डिजिटल कारोबार गर्न थालेको छ ।

यी सबै प्रयासले डिजिटल कारोबार हरेक दिन वृद्धि भइरहेको नीलेषमानको भनाइ छ ।

त्यस्तै, सरकारले पनि डिजिटल कारोबारको लागि नीतिगत रुपमा प्रोत्साहन गरेको छ । नेपाल राष्ट्र बैंकले पनि आफ्नो मौद्रिक नीतिमार्फत डिजिटल भुक्तानीलाई प्रोत्साहन गरिरहेको छ ।

गर्भनर आफै फिल्डमा खटिएर डिजिटल कारोबार गर्न प्रेरित गरिरहेका छन् । यस्ता प्रयास निकै सहयोगी भएको नीलेषमानको भनाइ छ ।

नेपाल राष्ट्र बैंकले पनि बजारमा सप्लाइ साइड धेरै होस् भनेर २७ वटा पिएसपी र १० वटा पीएसओलाई कारोबारको लागि अनुमतिपत्र दिएको छ । यी सबैको प्रयासले पनि अहिले डिजिटल कारोबार उत्साहजक रुपमा बढेको छ ।

त्यस्तै, पछिल्लो दुई वर्षदेखि विश्वभर फैलिएको कोरोना संक्रमणले पनि भौतिक कारोबार घटाउँदै डिजिटल कारोबारमा आम उपभोक्ताको लगाव बढेको छ ।
‘अहिलेको परिस्थितिमा डिजिटल कारोबार आवश्यकता नै भइसकेको छ,’ उनले भने, ‘यसले गर्दा पनि एडप्सन तीव्र छ ।’

यसरी भयो एनसीएचएलको शुरुवात

एनसीएचएल भनेको पिएसओ लाइसेन्स लिएको संस्था हो । नेपाल राष्ट्र बैंकको समेत संलग्नता रहेको यस पिएसओको प्रमुख उद्देश्य समग्र भुक्तानी प्रणालीको क्षेत्रलाई डिजिटाइज गर्ने हो । यसमा विभिन्न बैंक तथा वित्तीय संस्थाको पनि सहयोग छ ।

एनसीएचएल नेपाल राष्ट्र बैंकसहित विभिन्न बैंक तथा वित्तीय संस्था मिलेर सन् २००८ डिसेम्बर स्थापना भएर सन् २०१२ फेब्रुअरीदेखि सञ्चालनमा आएको कम्पनी हो ।

यसले शुरुमा इलेक्ट्रोनिक चेक क्लिरेनस ९इसीसी०बाट कारोबार शुरु गरेको थियो । यसलाई विस्तार गरेपछि सन् २०१४ बाट आइपीएसको काम शुरु गरेर सन् २०१६ देखि लाइभ गयो ।
सन् २०१८ मध्यमा कनेक्ट आइपीएस र सन् २०१९ मा एनपीआई शुरु भयो । सन् २०२० मा कनेक्ट आरटीजीएस र कर्पोरेट पे सोवको शुरुवात भयो ।

‘पहिला प्रत्येक साढे दुई वर्षमा मुख्य प्रोडक्टहरु आइरहेका थिए,’ नीलेषमान भन्छन्, ‘पछिल्ला तीन वर्षमा त हरेक वर्ष नयाँ नयाँ प्रोडक्ट आएका छन् ।’

गत वर्ष भने दुई प्रोडक्ट एकै पटक आएका थिए ।

नेपाल क्लियरिङ हाउस लिमिटेडले अहिले ३ वटा क्लियरिङ र पेमेन्ट सेटलको सेवा प्रदान गर्छ । चेक क्लियरिङ सिस्टम, इन्टर बैंक पेमेन्ट सिस्टम र कनेक्ट आइपीएस सिस्टम ।

यी तीन कोर सिस्टमबाहेक पनि एनसीएचएलले पेमेन्ट सिस्टम प्रणाली विकास गरेर बैंक तथा वित्तीय संस्था, सरकार, सरकारी संस्थान, पिएसपीहरुलाई पनि सेवा दिइरहेको छ ।

त्यसमध्ये एक भनेको एनपीआई ९नेसनल पेमेन्ट इन्टरफेस० हो । अप्रत्यक्षरुपमा डिजिटल कारोबार गर्न कनेक्ट आइपीएसमा जोडिन वा एनसीएचएलमा जोडिने संघसंस्थाको लागि यो सेवा उपलब्ध गराएको छ ।

एनपीआइबाट गरिने कारोबार संस्थात कारोबार हो । यसमा नेपाल सरकारको भुक्तानी, संस्थान, इपीए, सिआइटी, आयल निगम, सेयर बजार, इन्स्योरेन्स, मर्चेन्ट बैंक सम्बन्धित कारोबार बढेको छ ।

त्यस्तै, एनसीएचएलको अर्को सेवा ककेन्ट आरटीजिएस प्लेटफर्म हो । नेपाल राष्ट्र बैंकको आरटीजीएस प्रयोग गर्ने व्यवसायीक प्रतिष्ठानहरुले कनेक्ट आरटीजीएस प्रयोग गर्छन् ।

पछिल्लो पटक ल्याएको अर्को सुविधा भनेको कर्पोरेट पे हो । यो भनेको मुख्य त बैंक तथा वित्तीय संस्थामा आवद्ध कर्पोरेट कम्पनीहरुले व्यवसाय वा तलब उपलब्ध गराउनका लागि प्रयोग भइरहेको छ ।

एक वर्षअघि एनसीएचएलले कर्पोरेट पे शुरु गरेको हो । यसको कारोबार बढाउन अझै पनि केही काम गर्नुपर्ने उनको भनाइ छ । यसमा पनि पछिल्लो छ महिनामा ३६ अर्ब ७६ करोडभन्दा धेरै कारोबार भएको छ । यो पनि तीव्र रुपमा वृद्धि भएको छ ।

कनेक्ट आइपीएसमा कोर सिस्टमसँगसँगै बैंक तथा वित्तीय संस्थाका रिटेल ग्राहकले प्रयोग गर्न सक्नेगरी एप तथा वेव साइट, पेमेन्ट गेटवे यसमा उपलब्ध गराइएको छ ।

एनसीएचएलले नेसनल पेमेन्ट स्वीच निर्माणको जिम्मेवारी पनि पाएको छ । नेसनल पेमेन्ट स्वीचले जति पनि बैंक तथा वित्तीय संस्था, पीएसपी, पिएसओहरु छन्, उनीहरुबीच ‘इन्टरअप्रेवलिटी’ बनाउने हो । अर्थात्, ती संस्थाबीच एकअर्कोमा पनि कारोबार गर्न सकियोस् ।

अहिले एनसीएचएलले राजश्व कति उठ्यो भन्दा पनि कारोबार संख्या धेरै होस् भन्ने चाहना राखेको नीलेषमानको भनाइ छ ।

नीलेषमानको सफल लिडरसिप

एनसीएचएलको हरेक काममा ‘इन्जोय’ गरिरहेका छन् निलेसमान । नयाँ प्रविधिको स्थापना गरेर मुलुकको कारोबार नै परिवर्तन गर्ने काम निकै रमाइलो हुने उनी बताउँछन् ।

एक पटक निर्माण गरेको प्रविधि सधैभरीलाई हुन्छ । त्यसमा परिवर्तन भनेको अपग्रेड गर्दै जानेमात्र हो । त्यस्तो अवसरको साक्षी बन्नु खुसीको कुरा भएको उनको भनाइ छ ।

‘हरेक दिन नै यस संस्थामा काम गर्न रामाइलो लाग्छ,’ नीलेषमान भन्छन्, ‘मलाइमात्र होइन एचसीएसचलका टिमलाई नै यस्तै छ ।’

४४ वर्षे निलेषमानले ४० जनाको टिम हाँकिरहेका छन् । एनसीएचएलको स्थापना कालदेखि कम्पनीमा रहेका निलेषमानसँग २२ वर्षको व्यवसायीक अनुभव छ ।

काठमाडौं युनिभर्सिटीबाट मेकानिकल इन्जिनियरिङ गरेका निलेषमानले केही समय त्यही कलेजमा अध्यापन गरे ।

मेकानिकल इन्जिनियर बनेको निलेषमानले त्यसपछि भने करियर नै परिवर्तन गरे ।

स्कलरसिपमा एमबीए पढ्न भारत गए । भारतमा उनले टाटा कन्सल्टिज एण्ड सर्भिसेसमा ४ वर्ष काम गरे । त्यहाँ कोर बैंकिङ सिस्टाम, इनभेष्टमेन्ट बैंकिङ, सेक्यिुरिटी ट्रेडिङलगायतको अनुभव लिए ।

पछि केही समय बहराइनमा बैंकमा काम गरे । उनले बाहिर बसेर ११ वर्षमा बैंकिङ तथा क्यापिटल मार्केटको अनुभव संगाल्ने अवसर पाए ।

पछिल्लो १२ वर्षदेखि नेपालमा एनसीएचएल हाँकिरहेका छन् ।


सन्तोष न्यौपाने