६ महिनामा कति कमायो कामना सेवा विकास बैंकले ?
काठमाडौं । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ । बैंकले चालु आवको ६ महिनाको वित्तीय अवस्था सार्वजनिक गरेको हो ।
यो अवधिमा बैंकको नाफा ११.८९ प्रतिशतले घटेर ३४ करोड ३६ लाख ८१ हजार रुपैयाँमा सिमिति बनेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ३९ करोड ४७ हजार रूपैयाँ रहेको थियो । ६ महिनामा बैंकको वितरणयोग्य नाफा ९ करोड ६७ लाख रुपैयाँ रहेको वित्तीय अवस्थामा उल्लेख छ ।
यो अवधिमा बैंकको खुद व्याज आम्दानी भने बनेको छ । बैंकको खुद ब्याज आम्दानी ३१.६६ प्रतिशतले बढेर ९० करोड ५९ लाख ६० हजार रूपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा ६८ करोड ८० लाख ८९ हजार रूपैयाँ रहेको थियो ।
यस्तै सञ्चालन मुनाफा ४१.५१ प्रतिशतले बढेर ४९ करोड ९ लाख ७३ हजार रूपैयाँ पुगेको छ । गत वर्ष बैंकले ३४ करोड ६९ लाख ५६ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।
३ अर्ब १४ करोड २५ लाख ७७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब ३ करोड ७८ लाख २२ हजार रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ८७ पैसा तथा प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ २ पैसा रहेको छ ।