छोटो फिल्म देखाउने विश्वको चर्चित सर्टस् टिभी अब डिसहोमबाट हेर्न सकिने




काठमाडौं । विश्वको चर्चित टेलिभिजन च्यानल सर्टस् टिभी डिसहोमबाट हेर्न सकिने भएको छ । छोटा फिल्म देखाउने सर्टस् टिभी बेलायतबाट प्रसारण हुने विश्वको चर्चित फिल्म च्यानल हो ।
सोमबार एक भर्चुअल कार्यक्रममार्फत सर्ट टिभीको सार्वजनिक गरियो । डिस मिडिया नेटवर्कका प्रबन्ध निर्देशक डिरेक्टर सुदिप आचार्यले सोमबारदेखि औपचारिकरुपमा सर्टस् टिभीको शुरुवात भएको घोषणा गरे । विना विज्ञापन छोटो फिल्म हेर्न सकिने उनले बताए ।


सर्टस् टिभी एक दशकअघि बेलायतबाट शुरु भएर युरोप, अमेरिका हुँदै भारतमा पनि प्रशारण भइरहेको छ । दक्षिण एसियामा भारतपछि सर्टस् टिभी प्रसारण गर्ने दोस्रो मुलुक नेपाल बनेको छ ।

केही महिनादेखि डिसहोममा सर्टस् टिभी आइरहेको भए पनि सोमबार औपचारिकरुपमा यसको शुरुवात गरिएको हो । सर्टस् टिभीमा विश्वभरका छोटो फिल्महरु देखाइन्छ । नेपाली सर्ट फिल्म पनि यसमा प्रसारण हुने गरेका छन् ।


नेपालमा पनि सर्ट फिल्मको विधा धेरै नै वृद्धि भइरहेको अवस्थामा नेपालीले यो टिभी हेर्न पाउनु राम्रो अवसर भएको आचार्यले बताए ।


‘नेपालमा सर्टस् टिभी प्रसारण हुनु दुई पक्षबाट अझ महत्वपूणर् छ,’ आचार्यले भने, पहिलो त फिल्म निर्मातालाई सर्ट टिभीमा नेपाली सर्ट फिल्म देखाउन सकिने वातावरण सृजना हुनेछ ।’


त्यस्तै, नेपाली दर्शकले पनि विश्वका चर्चित सर्ट फिल्महरु हेर्न पाउने आचार्यले बताए । यसबाट कुनै कए देशको भन्दा पनि विश्वभरका सामग्री हेर्न सकिने उनको भनाइ छ ।


कार्यक्रममा बोल्दै सर्ट टिभीका प्रमुख कार्यकारी अधिकृति (सीईओ) कार्टर पिल्चरले नेपालमा सर्टस् टिभी देखाउन पाउँद धेरै खुसी र उत्साहित भएको बताए ।


‘दक्षिण एसियामा भारतपछि दोस्रो देशमा नेपालमा आउँन पाउँदा खुसी लागेको छ,’ उनले भने, ‘नेपाल एक विशेष देश हो ।’


सर्टटिभीले विश्वका फिल्म निर्मातालाई अवसर सृजना गरेको पनि उनले बताए ।


क्लिकमान्डु