ग्रीनलाइनका संस्थापक ओमप्रकाश अग्रवालको पत्रः सम्पत्ति सकियो, बाँचे भने सन्तानले ऋण तिर्ने छन्



काठमाडौं । काठमाडौंमा विदेशी मदिराको ठूलो कारोबार हुने पसल ग्रीनलाइन सेन्टरका सञ्चालक बैंकको ऋण नतिरेर भागेको विषय अहिले चर्चामा छ ।

निकै ठूलो कारोबार भएको कम्पनीका सञ्चालक बैंकबाट लिएको ऋण तथा कम्पनी तथा उद्योगलाई तिनुपर्ने ३ अर्बभन्दा बढी रकम नतिरेर बेपत्ता भएका छन् ।

प्रहरीले ग्रीनलाइनका संस्थापक ओमप्रकाश अग्रवालको घरमा पुग्दा एउटा पत्र फेला परेको छ । प्रहरीमा ओमप्रकाश अग्रवाल हराएको उजुरीको आधारमा घर पुगेको थियो ।


सन् १९९९ मा ओमप्रकाश अग्रवालले ग्रीनलाइन सेन्टर खोलेका थिए । काठमाडौंमा विदेशी र महंगा रक्सी पाइने स्टोरको नाममा ग्रीनलाइन परिचित थियो । ओमप्रकाशले खोलेको कम्पनीको व्यवस्थापन उनका छोराहरु अभिषेक अग्रवाल र अमित अग्रवालले हेर्ने गरेका थिए ।

छोराहरुको अत्याधिक महत्वकाक्षा कोभिडको कारण ग्रीनलाइनका सञ्चालकको कारोबार बिग्रेको हो ।

प्रहरीले ओमप्रकाशको घर ज्ञानेश्वरमा भेटाएको पत्रमा कोभिड १९ गर्दा आफ्नो कारोबारमा सुस्तता आएको तथा बैंकबाट लिएको ऋण तिर्न नसकेको स्वीकार गरेका छन् । मिटर ब्याजीबाट लिएको ऋण तिर्दा आफ्नो सम्पत्ति सिद्धाएको पत्रमा उल्लेख छ ।

‘अब हामीसँग बैंक र मिटर ब्याजीलाई तिर्नको लागि कुनैपनि प्रकारको साधन छैन,’ पत्रमा भनिएको छ ।

उनले पत्रमा बैंकले पुस २१ मा ग्रीनलाइनको स्टोरमा ताला लगाइदिएपछि मिटर ब्याजीलाई समेत तिर्ने पैसा नभएको र मिटरब्याजीले दिएको धम्की र बैंकको असहयोगले गर्दा मानसिक अवस्था काठमाडौं छाड्न बाध्य भएको अग्रवालले लेखेको पत्रमा जनाएएको छ ।

‘हामी कहा जान्छौ थाह छैन, बाचिन्छ वा मरिन्छ भन्ने ठेगान छैन, बाचेमा फेरी आउने छौ,’ अग्रवालले लेखेको पत्रमा भनिएको छ ।

उनले आफ्नो सम्पत्तिबाट बैंक तथा अन्य साहुले आफ्नो रकम असुल गर्नु तथा मिटरब्याजीले आफूहरुलाई आत्महत्या गर्न समेत दवाव दिएको पत्रमा उल्लेख छ ।

कुनैपनि व्यक्तिलाई ऋण तिर्न नसकेकोमा अग्रवालले क्षमा माग्दै बाचेमा आफ्ना सन्ताले ऋण तिर्ने पत्रमा लेखेका छन् ।


क्लिकमान्डु