बैंक अफ काठमाण्डूले ल्यायो गैरआवासीय नेपाली लक्षित निक्षेप खाता



काठमाडौं । बैंक अफ काठमाण्डूले विश्वभरी रहेका गैरआवासीय नेपालीको लागि ‘बिओके एनआरएन निक्षेप खाता’ सार्वजनिक गरेको छ ।

विदेशमा बसि आफ्नो परिश्रम गरी आयआर्जन गरिरहेका ग्राहकलाई आफ्नो मातृभूमीमा रहेको बैंकमा खाता खोली उच्चतम् प्रतिफल लिन हाग्रह गरेको छ ।

गैरआवासीय नेपालीहरुले बैंकमा अमेरिकी डलर, यूरो, जापानी लगायत मुद्रामा बैंक खाता खोल्न सकिनेछ । बैंकमा एनआरएन निक्षेप खाता खोल्दा गैरआवासीय नेपालीले अधिकतम् ५.५ प्रतिशत सम्मको वार्षिक ब्याजदर पाउने छन् ।

साथै, गैरआवसीय नेपालीहरुले यस निक्षेप खाता खोलेमा बैंकले विशेष बैंकिङ्ग सेवा तथा विदेशी विनिमय कारोबारमा आकर्षक विनिमय दरको लाभ दिनेछ । बैंकले सार्वजनिक गरेको उक्त निक्षेप खाताले विदेशमा रहेका गैरआवासीय नेपालीहरुले आर्जन गरेको रकमको उच्चतम् प्रतिफलका साथै मातृभूमीमा सहज बैंकिङ्गको अनुभव लिन पाउने विश्वास बैंकले लिएको छ ।

हालसम्म बैंकको ९४ शाखा कार्यालय, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट ग्राहकलाई बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ ।


क्लिकमान्डु