माघको पहिलो सेयर कारोबारमा उछाल, इन्डेक्ससँगै कारोबारमा पनि बहार



काठमाडौ । माघ महिनाको पहिलो दिन आइतबार सेयर बजारमा उछाल आएको छ ।

यो दिन बजारमा इन्डेक्ससहित कारोबार रकममा पनि उछाल आएको छ । कारोबारको सुरुदेखि नै बढेको बजार अन्तिम समयसम्म आइपुग्दा ६९ अंकले बढेर परिसूचक २९२६.७४ बिन्दुमा रोकिएको छ । यो दिन सेयर बजार २.४१ अंकले बढेको छ ।

२२९ कम्पनीको १ करोड ८२ लाख ५४ हजार ४२५ कित्ता सेयर ९ अर्ब ६७ करोड ६३ लाख १७ हजार ५९ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा स्टयान्डर्ड चार्टर्ड बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने मध्ये भोटेकोशी जलविद्युत कम्पनीको पनि सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कारोबारमा किसान लघुवित्त वित्तीय संस्था, हिमालयन डिस्ट्रिलरी, सिन्धु विकास बैंकको सेयर मूल्य बढेको छ । यी कम्पनीमा लगानी गरेका लगानीकर्ताले कमाएका छन् ।

कारोबारमा कारोबारमा अधिकांश समूहको उपसूचकमा सुधार देखिएको छ । बैंकिङ ३९.४७, विकास बैंक १४३.४२, फाइनान्स ५६.६२, जलविद्यूत ७५.२६, जीवन बीमा ३८९.५१, उत्पादन तथा प्रशोधन ४०९.८२, माइक्रोफाइनान्स ११०.४५, निर्जीबन बीमा समूहको उपसूचक २६६.२२ अंकले बढेको छ ।

कारोबार रकमको आधारमा अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको ३६ करोड ४३ लाख १७ हजार ५३१ रुपैयाँको सेयर किनबेच भएको छ ।


क्लिकमान्डु