४ कम्पनीको संस्थापक शेयर बेच्दै एनआइसी एशिया बैंक



काठमाडौं । एनआइसीएशिया बैंकले आफ्नो स्वामित्वमा रहेका ४ कम्पनीको संस्थापक शेयर बिक्री गर्ने भइको छ । बैंकले माघ २ गतेदेखि सेयर बिक्रीमा राखेको हो ।

बैंकको स्वामित्वमा रहेको नागरिक लगानीकोषको ३ लाख ८१ हजार ९०२ कित्ता, महुली लघुवित्त वित्तीय संस्थाको ११ हजार २५४ कित्ता,आरएमडीसी लघुवित्तको ३ लाख ६५ कित्ता र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ८३ हजार ८२९ कित्ता संस्थापक शेयर लिलामीका लागि सूचना नै प्रकाशित गरेको छ ।

मेरो माइक्रोफाइनान्सको शेयरको मूल्य प्रतिकित्ता ४८४ रुपैयाँ, आरएमडीसी लघुवित्तको प्रतिकित्ता ४९४ रुपैयाँ, महुली लघुवित्तको प्रतिकित्ता ६४० रुपैयाँ र नागरिक लगानीकोषको प्रतिकित्ता १ हजार १८३ रुपैयाँ तोकिएको छ । यो शेयर खरिद गर्न इच्छुक योग्य लगानीकर्ताहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेडले जनाएको छ ।

आवेदन दिँदा नागरिक लगानीकोषको शेयरका लागि न्यूनतम १०० कित्ता, महुली लघुवित्तको लागि न्यूनतम ५०० कित्ता, आरएमडीसी लघुवित्त र मेरो माइक्रो फाइनान्सका लागि न्यूनतम एक हजार कित्ताको माग गर्न सकिने व्यवस्था छ । अधिकतम कित्ताका लागि भने कुनै हद तोकिएको छैन् ।

यी कम्पनीका शेयर बाँडफाँटमा प्राप्त गर्ने शेयरधनीहरुले कम्पनीहरुद्वारा माघ २ गतेपश्चात घोषणा हुने लाभांश तथा हकप्रद शेयर प्राप्त गर्नेछन् ।

यी शेयरमा माघ ७ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने व्यवस्था छ ।


क्लिकमान्डु