मारुती सुजुकी कारको मूल्य बढ्यो



काठमाडौं । मारुती सुजुकीले नयाँ वर्षसँगै सबै मोडलका कारको मूल्य ४.३ प्रतिशतले बढाएको छ ।

भारतमा शनिबारदेखि सबै मोडलका कारमा मूल्य बढाएको हो । कम्पनीले कमोडिटी प्राइस तथा प्रोडक्सन खर्च बढाएको भन्दै सबै भेहिकलको मूल्य बढाएको हो । कम्पनीले मोडलअनुसार १ प्रतिशतदेखि ४.३ प्रतिशतसम्म मूल्य बढाएको हो ।

कम्पनीले सन् २०२१ मा ३ पटक मूल्य बढाएको थियो । गत वर्ष जनवरीमा कम्पनीले १.४ प्रतिशतले मूल्य बढाएको थियो । जबकी अप्रिलमा १.६ प्रतिशत र सेप्टेम्बर महिनामा १.९ प्रतिशतले मूल्य बढाएको थियो । कम्पनीले सन् २०२१ मा कुल ४.९ प्रतिशतले मूल्य बढाएको थियो ।

अघिल्लो महिना कम्पनीले स्टील, एल्मुनियम, कपर, प्लास्टिकको मूल्यमा भएको बढोत्तरीका कारण पनि उत्पादन खर्च बढेको हो ।


क्लिकमान्डु