सिभिल बैंकको लाभांश पारित



काठमाडौं । सिभिल बैंकको ११औं वार्षिक साधारणसभाले लगानीकर्तालाई दिन लाभांश पारित गरेको छ ।

बैंकको शुक्रबार बसेको सभाले ५.२६ प्रतिशत लाभांश पारित गरेको हो । जसमा बोनस ५ प्रतिशत र कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद लाभांश रहेको छ ।

सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थामा एक आपसमा गाभ्ने÷गाभिन (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने अख्तियारी सञ्चालक समितिलाई दिएको छ । यस्तै स्वदेशी÷विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमती र सम्झौता गर्ने अधिकार पनि सञ्चालक समितिलाई दिएको छ ।


क्लिकमान्डु