उद्योगी व्यवसायीलाई सरकारले नियतबस फसाउन खोज्यो : उद्योग संगठन



काडमाडौं । बतास अर्गनाइजेशन लगायत उद्योगी व्यवसायीलाई सरकारले एकपक्षिय ढंगबाट नियतबस हतोत्साहि पार्ने फसाउने काम गरेको उद्योग संगठन मोरङले बताएको छ ।

बतास अर्गनाइजेशन अन्तरगतको बि.पि.एस लिजिङ एण्ड म्यानेजमेन्टले नारायणहिटी दरबार संग्रहालयमा बिच क्याफेटेरिया सञ्चालन गरेको र द्धिपक्षिय सम्झौता भए पनि अहिले आएर सरकारले एकपक्षिय ढंगबाट नियतबस हतोत्साहि पार्ने तथा फसाउने काम गरेको बताएको छ ।

सरकारको स्थापित कानुन तथा अधिकार प्राप्त जिम्मेबार निकायबाट भएको निर्णयका सन्दर्भमा निर्णय गर्ने प्रकृयामा संलग्नलाई चोखो देखाउदै सबै दोष जती उद्यम व्यवसाय गर्ने एक उद्यमी माथी थोपर्ने दुष्प्रयास भएको दाबी गरेको छ ।

कानुनको शासन तथा उद्यम गर्न पाउने संवैधानिक अधिकारको समेत बर्खिलाफ रहेको साथै बिगत केहि समययता विभिन्न बिषयहरुसंग सम्बन्धीत भएका नीतिगत निर्णयहरुमा नीति निर्माणमा संलग्नहरुलाई चोख्याउदै नीजि क्षेत्रलाई मात्रै एकतर्फि प्रहार गर्ने पद्दती नियोजित एवं षडयन्त्रपूर्वक भइरहेको संगठनको ठहर छ ।

नारायणहिटी दरबार परिसरमा क्याफेटेरिया भाडामा सञ्चालन गर्ने तत्कालिक निर्णय गलत हो भने उक्त निर्णय फिर्ता लिने राज्य व्यवस्थाको आफ्नै बिधि बिधान हुदाहुदै एक उद्यमी माथी नियोजित ढंगबाट प्रहार हुनु समग्र निजी क्षेत्रको मनोबल गिराउने काम भएको संगठनको ठहर छ ।

सरकारका कारण नेपालमा उद्योगधन्दा गर्ने वातावरण नभएको भन्दै गलत मान्यतालाई स्थापित गराउन चाहने तत्वलाई नै बल पुग्ने देखिएको जनाएको छ । बतास अर्गनाइजेशनप्रति भएको ज्यादतीपूर्ण ब्यवहारको सम्पूर्णरुपमा खण्डन गर्दै सत्य तथ्य छानबिन गरी निर्णय प्रक्रियामा संलग्न निकायहरुलाई कानुनको दायरामा ल्याउन नेपाल सरकारसंग जोडदार माग गरेको छ ।


क्लिकमान्डु