यतीको फ्लाइट बुकिङ खल्ती मार्फत गर्दा ४५० क्यासब्याक



काठमाडौं । अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ले यती एयरलाइन्ससँगको साझेदारीमा ४५० को क्यासब्याक तुरुन्तै पाइने अफर ल्याएको छ ।

फ्लाइट बुकिङ्गमा क्यासब्याक दुई चरणमा प्राप्त हुनेछ। बुकिङ गर्दाको बिल रकममा १५० घट्नेछ भने बाँकि रहेको ३०० ‘खल्ती’ वालेट मा क्यासब्याक स्वरूप प्राप्त हुनेछ । यो अफर जनवरी १३ देखि फेब्रुअरी १५ सम्म मान्य हुनेछ ।

फ्लाइट बुकिङमा तत्काल क्यासब्याक प्राप्त गर्न प्रयोगकर्ताले यती एयरलाइन्सको एप डाउनलोड गरी रेजिस्टर गर्नुपर्ने छ । आफुलाई चाहिने टिकट छनौट गरेर कन्टिन्यूमा ट्याप गर्नुपर्ने छ । फ्लाइट टिकट बुक भइ प्रयोगकर्ताहरूले आफ्नो खल्ती आईडीमा तत्काल क्यासब्याक पाउनेछन् ।

यो अफरको बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले यती एयरलाइन्ससँग मिलेर काम गरी प्रयोगकर्ताहरूका लागि फ्लाइट बुकिंग र डिजिटल भुक्तानीमा सजिलो सुविधा र पहुँच पुर्याउन लागेको बताए ।


क्लिकमान्डु