प्रिमियर इन्स्योरेन्सले १५% लाभांश दिने, बाेनस थपियाे



काठमाडौं । प्रिमियर इन्स्योरेन्सले सेयरधनीलाई लाभांश संशाेधन गरेको छ ।

इन्स्योरेन्सको बुधबार बसेको सञ्चालक समितिको बैठकले लाभांश संशाेधन गर्दै अब सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने भएकाे छ ।

यसअघि कम्पनीले ७.५ प्रतिशत बोनस सेयर र ७.७५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको थियो । अहिले बिमा समितिको निर्देशन अनुसार लाभांश परिमार्जन गरेको छ ।

अब कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट बोनस सेयर १४.२५ प्रतिशत र नगद ०.७५ प्रतिशत लाभांश दिने भएकाे छ ।

कम्पनीले उक्त लाभांश पारित गर्न माघ २१ गते साधारणसभा बाेलाएकाे छ ।


क्लिकमान्डु