चीनसँग जोडिएका नाका खुल्ला गर्न माग गर्दै प्रदर्शन



काठमाडौं । चीनसँग जोडिएका केरुङ र खासा नाकाहरु खुल्ला गर्न माग गर्दै स्थानीयहरुले बिरोध प्रदर्शन गरेका छन् ।

बुधवार माइतीघर मण्डलामा सिन्धुपाल्चोकका स्थानीयहरुले चीनसँग जोडिएका केरुङ र खासा नाकाहरु खुल्ला गर्न माग गर्दै आन्दोलन गरेका हुन् ।

आन्दोलनमा सहभागी अमिर तामाङले चीन आवतजावत गर्ने केरुङ र खासा नाकाहरु खुल्ला गर्न माग गर्दै आन्दोलनमा उत्रिएको बताए ।

उनले चीन सरकारले हुम्लामा रहेको १२ नम्बर पिल्लर सारेको भन्दै मनोमानी ढंगले अर्को देशको सीमास्तम्भ सार्न नपाइने बताए ।

‘केरुङ, खासा नाकाहरु खुल्ला गरिनुपर्छ । हुम्लामा रहेको १२ नम्बर पिल्लर सार्न पाइँदैन । त्यसमा चीन सरकारले हेर्नुपर्छ,’ तामाङले भने ।

आन्दोलनकर्मीहरुले नेपाल चाइना नाका खुल्ला गर्, विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गर्न पाइँदैन, हुम्ला जिल्लामा रहेको १२ नम्बर पिल्लर सार्न पाइँदैन, नेपाली भूमि अतिक्रमण बन्द गर् लगायतका नारा लगाएका थिए ।


क्लिकमान्डु