शुक्लाफाँटामा नगर अस्पताल निर्माण शुरु



कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–४ असैनामा नगर अस्पताल भवन निर्माणको कार्य शुरु गरिएको छ । १० शय्याको नगर अस्पताल भवन निर्माणको कार्य शुरु गरिएको हो ।

नगरपालिकाका इन्जिनियर दीपक धामीका अनुसार ६ करोड २४ लाख रुपैयाँको लागतमा ठेक्का प्रक्रियामार्फत अस्पताल भवन निर्माणको काम अगाडि बढाइएको छ ।

एमके विल्डर्स र निरज कन्सट्रक्सनसँग अस्पताल भवन निर्माणका लागि सम्झौता गरिएको छ ।

‘भवन निर्माणका लागि कूल बजेट रु १० करोड ८३ लाख रहेको थियो,’ उनले भने, ‘घटाघटीमा निर्माण कम्पनीले ६ करोड २४ लाख रुपैयाँमा ठेक्का सम्झौता गरी निर्माण कार्य अगाडि बढाएको छ ।’

भवन निर्माणका लागि फाउन्डेसन राख्ने कार्य पूरा हुन लागेको छ । उहाँका अनुसार दुई वर्षभित्र भवन निर्माण सक्नुपर्ने सम्झौता रहेको छ । सोहीअनुरुप कार्य भइरहेको छ । अस्पतालमा ठेक्का सम्झौताअनुसार पाले घर, स्वास्थ्यकर्मी बस्ने आवास, पर्खाल, शौचालय र गेट निर्माण हुनेछन् ।


क्लिकमान्डु