अमेरिकाले ३२५% सम्म भिसा शुल्क बढाउँदै, नेपाली विद्यार्थीले १० हजार बढी तिर्नुपर्ने



Visa stamp travel passport immigration macro emigration

काठमाडौं । अमेरिकी सरकारले विभिन्न वर्गमा भिसा शुल्क बढाउने प्रस्ताव गरेको छ । जसअनुसार न्यूनतम ५३ प्रतिशतदेखि ३२५ प्रतिशतसम्म बढाउने प्रस्ताव गरेको छ ।

जसमा अमेरिकी सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि भिसा ५३ प्रतिशतले बढाउने प्रस्ताव गरेको छ । एफ, एम र जे वर्ग अन्तर्गतका भिसाको शुल्क यसअघि १६० डलर अर्थात् १८ हजार ८६५ रुपैयाँ लाग्दै आएकोमा अब ५३ प्रतिशत अर्थात् ८५ डलरले बढाएर २४५ डलर अर्थात् २८ हजार ८८७ रुपैयाँ बनाउन लागेको हो ।

यसले अमेरिकामा उच्च शिक्षा लिने योजना बनाएका अन्तर्राष्ट्रिय विद्यार्थीका लागि थप आर्थिक भार पर्ने भएको छ ।

उक्त नीतिअनुसार ‘नन–पिटिसन बेस्ड नेनइमिग्रेसन भिसा १६० डलर लाग्दै आएकोमा ८५ डलर थप अर्थात् ५३ प्रतिशतले बढाएर २४५ डलर बनाउन लागिएको हो । जस अन्तर्गत पर्यटक भिसा बी–१÷बी टु र विद्यार्थी भिसा एफ, एम र जे समावेश छन् ।

अमेरिकी सरकारले एच, एल, ओ, पी, क्यू र आर वर्गका भिसामा १९० डलर शुल्क लाग्दै आएकोमा ६३ प्रतिशत अर्थात् १२० डलर थप गरी ३१० डलर बनाएको छ । यसअन्तर्गत रोजगारी भिसा पर्छन्।

साथै इ वर्गको भिसा यसअघि २०५ डलर लाग्दै आएकोमा २८० डलर अर्थात् १३७ प्रतिशतले वृद्धि गरी ४८५ डलर बनाएको छ ।

त्यसैगरी १५ वर्षभन्दा माथिका व्यक्तिको हकमा बोर्डर क्रसिङ भिसा १६० डलरमा ५३ प्रतिशत अर्थात् ८५ डलरले बढाएर २४५ डलर बनाएको छ । र, दुई वर्षे होम रेसिडेन्सिी रिक्वायरमेन्ट वेभर अफ जे वान भिसा शुल्कमा १२० डलरबाट ३९० डलर अर्थात् ३२५ डलरले वृद्धि गरी ५१० डलर बनाएको छ ।

यो प्रस्ताव उपर बहसका लागि सन् २०२२ को फेब्रअुरी २८ सम्म खुला गरिएको छ ।

विद्यार्थी भिसा शुल्क बढाउनुको उद्देश्य जेन्युन विद्यार्थी मात्रै अध्ययनका लागि अमेरिका आउन र अध्ययन पूरा भएपछि आफ्नै घर फर्किउन भन्ने रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।


क्लिकमान्डु