अर्थमन्त्रीले भने अनुसार आर्थिक बृद्धिदर नहुने विश्व बैंकको प्रक्षेपण



काठमाडौं । विश्व बैंकले अर्थमन्त्री जनार्दन शर्माले भने अनुसारको आर्थिक बृद्धिदर नहुने प्रक्षेपण गरेको छ ।

विश्व बैंकले सार्वजनिक गरेको प्रक्षेपण अनुसार चालु आर्थिक वर्षमा ३.९ प्रतिशत आर्थिक बृद्धिदर हुने प्रक्षेपण गरेको छ । अर्थमन्त्रीले ७ प्रतिशतको बृद्धिदर हासिल हुने बताएका छन् ।

केही साता अगाडि क्लिकमाण्डूलाई दिएको अन्तर्वार्तामा अर्थसचिव मधु मरासिनीले ७ प्रतिशत हुने दाबी गरेका थिए । बहुपक्षिय दातृ निकायले सरकारले भने अनुसारको आर्थिक बृद्धिदर भने नहुने प्रक्षेपण गरेका छन् ।

विश्व बैंकले कोरोना तेस्रो लहर जोखिम निम्तिएमा अर्थतन्त्रमा थप संकुचन आउने विश्लेषण गरेको छ ।


क्लिकमान्डु