पर्यटनमन्त्री प्रेम आले सवार गाडीलाई कारले ठक्कर दियो



काठमाडौं । पर्यटनमन्त्री प्रेम आले सवार गाडीलाई कारले ठक्कर दिएको छ ।

कार्यक्रमा भाग लिन धनगढी पुगेका मन्त्री आले धनगढी विमानस्थलबाट बाहिरिने क्रममा मेन रोडमा विपरीत दिशाबाट आएको कारले अनियन्त्रित भइ ठक्कर दिएको हो ।

कार चालकले मादक पदार्थ सेवन गरेको आशंका गरिएको छ ।

आले सवार सुदुरपश्चिम प्रदेश-१–००१  झ ३३३ नम्बरको गाडी विपरीत दिशाबाट आइरहेको बा ४ च १३७७ नम्बरको कारले ठक्कर दिएको थियो ।

मन्त्री आले कञ्चनपुरको विमानस्थलमा भोलि हुने कार्यक्रममा भाग लिन त्यहाँ पुगेका थिए ।


क्लिकमान्डु