हिमालयन बैंकको नयाँ शाखा कञ्चनपुरमा



काठमाडौं । हिमालयन बैंक लिमिटेडले सुदुरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लास्थित भिमदत्त नगरपालिका–६, चम्मनचोकमा नयाँ शाखा सञ्चालन गरेको छ । बैंकले पुस २६ गतेदेखि शाखा सञ्चालनमा ल्याएको हो ।

बैंकको यो शाखा कञ्चनपुर जिल्लाको पहिलो तथा सूदुर पश्चिम प्रदेशको आठौं शाखा हो । महेन्द्रनगर शाखाले सम्पूर्ण बैंकिङ्ग सेवाहरु सहित लकर सेवा समेत सञ्चालनमा ल्याएको शाखा प्रबन्धक बैजनाथ प्रसाद कोइरीले बताए ।

हाल बैंकको कुल शाखा संख्या ७४, विस्तारित काउन्टर संख्या ५ पुगेको छ भने एटीएम संख्या १४८ र ५ हजारभन्दाबढी पीओएस टर्मिनल संख्या छ ।


क्लिकमान्डु