जानकी फाइनान्सले १५.७८ प्रतिशत लाभांश दिने



काठमाडौं । जानकी फाइनान्सको सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ ।

बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट १५.७८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस १५ प्रतिशत र कर प्रयोजनको लागि ०.७८ प्रतिशत नगद लाभांश रहेको छ ।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।


क्लिकमान्डु