सेयर बजारमा निरन्तर उछाल, लगानीकर्ता मालामाल



काठमाडौं । सेयर बजारमा निरन्तर उछाल जारी रहेको छ । मंगलबार पनि बजारमा लगानीकर्ता उत्साहित देखिएका छन् ।

यो दिन बजार मापन गर्ने सूचक ४९.१९ अंकले बढेर परिसूचक २८३४.१३ बिन्दुमा रोकिएको छ । कारोबारको सुरु देखि नै उकालो लागेको बजार अन्तिम समसम्म पनि कायमै रह्यो । निरन्तर बढेकाे बजारमा लगानीकर्ता मालामाल बनिरहेका छन् ।

२३२ कम्पनीको १ करोड १९ लाख ७० हजार २१५ कित्ता सेयर ६ अर्ब ७२ करोड ४५ लाख २६ हजार १९७ रुपैयाँमा किनबेच भएको छ । कारोबारमा अधिकांश समूहको उपसूचकमा सुधार आएको छ । बैंकिङ समूहको ३.६४, विकास बैंक १७१.२५, फाइनान्स कम्पनी १४९.७३, जलविद्युत ६५.८८, जीवन बीमा ५९७.७१, माइक्रोफाइनान्स २०६.७६, जीवन बीमा समूहको उपसूचक ३३६.२९ अंकले बढेको छ ।

कारोबारमा ८ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा नारायणी विकास बैंक, नेपाल फाइनान्स, पोखरा फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, मध्ये भोटेकोशी जलविद्युत कम्पनी, सिभिल लघुवित्त, ङादी हाईड्रोपावर र मितेरी डेभलपमेन्ट बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।


क्लिकमान्डु