सेञ्चुरी बैंकको सीइओको तलब डेढ करोड बढी



काठमाडौं । सेञ्चुरी बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ)लाई १ करोड ५७ लाख १८ हजार ५ सय रुपैयाँ तलब भत्ता दिएको छ ।

बैंकको सीइओको तलब अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष १.६९ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा बैकले सीइओलाई १ करोड ५४ लाख ५६ हजार रुपैयाँ रहेको थियो । गत आवमा बैंकले सीइओलाई तलब बापत १ करोड २६ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

दशैं खर्च बापत १० लाख ५० हजार, संजयकोष योगदान ७ लाख ५६ हजार र अन्य १३ लाख १२ हजार ५ सय रुपैयाँ रहेको छ । बैंक हाल कामू सीइओको भरमा रहेको छ ।

बैंकको सीइओ तुलसीराम गौतमले असार २० गते राजीनामा दिएका छन् । उक्त राजीनामालाई बैंकले असार ३० गते बसेको सञ्चालक समितिले साउन १ देखि लागू हुनेगरी स्वीकृत गरेको । अहिले कामू सीइओमा मनोज न्यौपाने रहेका छन् ।


क्लिकमान्डु