कृषि विकास बैंकको सीइओको तलब ४५ लाख बढी



काठमाडौं । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिृकत (सीइओ) अनिल उपाध्ययको तलब भत्ता ४५ लाख १६ हजार ६५० रुपैयाँ रहेको छ । बैंकले उक्त तलब भत्ता गत आर्थिक वर्षमा सीइओलाई दिएको थियाे ।

अघिल्लो आवको सोही अवधिमा बैंकको सीइओको तलब भत्ता गत आवको भन्दा १३.०२ प्रतिशत बढी रहेको थियो । अघिल्लो आवमा सीइओको तलब भत्ता ३९ लाख ९६ हजार रुपैयाँ रहेको थियो ।

गत आवमा सीइओले मासिक २ लाख ५० हजार रुपैयाँ तलब लिएका छन् । यस्तै बैंकले सीइओलाई मासिक ५० हजार रुपैयाँ भत्ता दिएकाे छ ।

बैंकले सीइओलाई दशैं खर्च वापत २ लाख ५० हजार रुपैयाँ दिएको छ । यस्तै औषधि उपचार खर्च वापत ५० दिनकाे तलब बराबरकाे भत्ता दिएको छ भने मासिक टेलिफोन महशुल, एकपटक १ थान मोवाईल सेट अधिकतम ५० हजार रुपैयाँ सम्मको (फिर्ता गर्न नपर्ने) र संचयकोषमा १ महिनाको तलब थपगरेको बार्षिक प्रतिवेदनमा उल्लेख छ ।

यस्तै बैंकमा आर्थिक वर्ष २०७७/७८ मा सञ्चालक समितिको ७३ वटा बैठक बसेका छन् । प्रति बैठक भत्ता ४ हजार रुपैयाँ रहेको छ । यस्तै टेलिफोन सुविधा वापत प्रति महिना २ हजार ५०० सय र पत्रपत्रिका वापत प्रति महिना २ हजार, एकपटक १ थान मोवाईल सेट अधिकतम १५ हजार सम्मको (फिर्ता गर्न नपर्ने), बैठकमा आतेजाते सवारी साधन र नीजि सवारी साधन प्रयोग गरेमा मासिक २० लिटर इन्धन उपलब्ध गराएको छ ।

बैंकको समितिमा सञ्चालकलाई प्रति बैठक ४ हजार बैठक भत्ता र बैठकमा भाग लिनका लागि आतेजाते सवारी साधन उपलब्ध गराइएको छ । आर्थिक वर्ष २०७७/७८ मा लेखा परीक्षण समितिको ४८, जोखिम व्यवस्थापन समितिको २१, कर्मचारी व्यवस्थापन तथा सेवा सुविधा समितिको ११ वटा र सम्पत्ति शुद्धीकरण निवारण समितिका १४ वटा बैठक बसेका छन् । बैठक भत्ता वापत क्रमशः ४ लाख ९४ हजार ४००, २ लाख ९० हजार ७००, १ लाख ४३ हजार २००, २ लाख ५ हजार १०० खर्च भएको छ र अन्य खर्च वापत क्रमशः २ लाख ५९ हजार २५०, ३३ हजार ५००, २७ हजार ५०० र ३४ हजार ४१० रुपैयाँ खर्च भएको छ ।


क्लिकमान्डु