नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयर नबिकेपछि थपियो समय



काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयर बिक्री नभएपछि समय थपिएको छ ।

बैंकले शतप्रतिशत हकप्रद सेयर बिक्री नभएपछि आवेदन दिने समय माघ १२ गतेसम्म पुर्याएको छ । बैंकको पुस २२ गते बसेको सञ्चालक समिति बैठकले हकप्रदमा आवेदन दिने समय थपेको हो । बैंकले पुस ७ देखि २७ गतेसम्म १ः१ अनुपातमा १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । अहिले समय थप भएको छ ।

कम्पनीको हकप्रद सेयर निष्काशनको लागि बिक्री प्रबन्धकम ग्लोबल आइएमई क्यापिटल रहेको छ । कम्पनीले मंसिर २४ गते बुक क्लोज गरेको छ । २३ गतेसम्म कायम रहेका लगानीकर्ताले बैंकले आवेदन दिन सक्नेछन् । आवेदन बिक्री प्रबन्धकका साथै नारायणी डेभलपमेन्ट बैंकका रजिष्टर्ड तथा शाखा कार्यालयहरु टाँडी, भरतपुर, हाकिमचोक चितवनमार्फत आवेदन दिन सकिन्छ । यस्तै सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सकिने छ ।


क्लिकमान्डु