घर बेचेर क्रिप्टोकरेन्सीमा लगानी गरेका चिनियाँ व्यापारी यसरी भए ९६ अर्ब डलरका मालिक



एजेन्सी । क्रिप्टोकरेन्सीको मूल्यलाई लिएर बेलाबेलामा अनेकन् अफवाहहरु फैलन्छन् । मूल्यमा आउने उतारचढावका कारण पनि त्यस्तो कुरा आएका हुन सक्छन् ।

तर, त्यसैको सहयोगमा एक चिनियाँ मूलका अर्बपतिको आर्थिक हैसियत दक्षिण एशियाकै शीर्ष धनीको सूचीमा परेको छ । ती चिनियाँ मूलका अर्बपतिले भारतीय व्यापारी मुकेश अम्बानीलाई पनि माथ खुवाइदिएका छन् ।

खास ती चिनियाँ व्यापारीले क्रिप्टोकरेन्सीका कारण नै आफ्नो आर्थिक हैसियतलाई बढावा दिन सफल भएको अन्तर्राष्ट्रिय समाचार विवरणहरुमा जनाइएको छ ।

अमेरिकी कम्पनी म्याकडोनाल्समा सामान्य तहमा काम गरेका चिनियाँ व्यापारी झाओलाई क्रिप्टोकरेन्सीले ९६ अर्ब डलर बराबरको मालिक बनाइदिएको छ । बिनांश क्वाइन नामक क्रिप्टोकरेन्सीका कारण उनले त्यो हैसियत कायम गरेका हुन् ।

उनी आफै क्रिप्टोकरेन्सी बिनांशका मालिक समेत हुन् । गत वर्ष उनको क्रिप्टोकरेन्सीको मूल्यमा १३०० प्रतिशतसम्म वृद्धि भएको थियो । बजारमा उछाल यसरी आयो कि त्यो सुनामी भन्दा कुनै पनि अर्थमा फरक थिएन । उनी खासमा क्यानडामा बस्छन् ।

मुकेश अम्बानीको कूल सम्पत्ति ९२ अर्ब डलर बराबर रहँदा उनको ४ अर्ब बढी ९६ अर्ब डलर बराबर रहेको छ । गत महिनामात्रै ब्लूमवर्गले उनका बारेमा एक विवरण प्रकाशित गर्यो ।

अप्रत्यासित रुपमा धनकुवेरको रुपमा उनको नाम प्रकाशित भयो । यी धनी चिनियाँ मूलका व्यापारी विगतमा म्याकडोनाल्डमा बर्गर फ्लिपरको काम गर्थे । त्यसपछि उनले सफ्टवेयर डेभलपरको काम गर्न थाले । तर, अप्रत्यासित रुपमा उनी राता रात संसारका धनीहरुको क्लबमा प्रवेश गरे ।

त्यसको खास कारण बनीदियो, क्रिप्टोरकेन्सी । त्यसको पनि उनी सामान्य खेलाडी होइनन्, बादशाह नै हुन् र देखिए पनि ।

क्रिप्टोकरेन्सीको संसारमा उनलाई जेडको नामले चिनिन्छ । उनको खासमा संयुक्त अरबको अमिरहरुको जस्तै एक किवंदन्ती पनि बनेको छ । उनी अबुधावीको राजपरिवारसँग बैठक गरिरहेका थिए । झाओ आफ्नो क्रिप्टोकरेन्सी बिनांश एक्सचेञ्ज ल्याउनका लागि उत्तिकै उत्सुक थिए । उनले दुबईमा एक अर्पाटमेन्ट खरिद गरे । संसारकै सबैभन्दा अग्लो मानिएको बुर्ज खालिफाको नजिकैको शहर पाम जुमराहद्विपमा बसेर डिनरको मेजमानी पनि गरे ।

ब्लुमवर्ग विलेनियर इन्डेक्सका अनुसार मात्रै ४४ वर्षीय अर्बपति झाओको कूल सम्पत्ति ९६ अर्ब अमेरिकी डलर बराबर छ । यो पहिलो पटक नै हो, जब ब्लुमवर्गले उनको सम्पत्तिको अनुमान लगाएको थियो ।

उनी दक्षिण एशियाकै सबैभन्दा ठूला धनीका रुपमा स्थापित भएका छन् । उनी मुकेश अम्बानी, मार्क जुकरवर्ग, गुगलका संस्थापक ल्यारी पेज तथा सर्गेई ब्रिन भन्दा बढी धनी देखिएका छन् ।

खसमा झाओको सम्पत्ति त्यो भन्दा अझै धेरै हुनसक्छ । त्यसमा उनको व्यक्तिगत रुपमा क्रिप्टोको होल्डिङमा विशेष ध्यान नराखेको पनि देखिन्छ । त्यसमा बिटक्वाइन र उनको फर्मको आफ्नो टोकन समेत समावेश छ ।

तर, कारोबारमा भने उत्तिकै ध्यान दिएको देखिन्छ । बिनांश क्वाइन गत वर्ष मात्रै १३०० प्रतिशतले वृद्धि भएको थियो । त्यसको सफलताबाट धेरैलाई धनकुबेर बनाएको हुनसक्ने ब्लुमवर्गको विवरणमा उल्लेख गरिएको छ ।

उनले आफ्नो घर बिक्री गरेर क्रिप्टोमा लगानी शुरु गरेका थिए । खासमा त्यो जुवाको खेल नै थियो । उनले जुवामा दाऊ लगाएका थिए । उनले लगाएको दाऊमा चौका, छक्का नै हात लाग्यो ।

सन् २०१७ मा उनले बिनांश स्थापना गरेका थियो । उनले आफ्नो हातमा ६्याटु पनि बनाएका छन् । खासमा आँटले सफलता प्राप्त गरेको हो ।

तर, उनी पछिल्ला दिनहरुमा मनी लन्ड्रिङको केशमा तानिएका छन् । अमेरिकाको डिर्पाटमेन्ट अफ जस्टिस एण्ड इन्टरनेशनल रेभेन्यू सर्भिसले सो विषयमा परक्षिण गरिरहेको छ ।

झाओको कम्पनी मनी लन्ड्रिङ र कर छलीमा तानिएको छ । गत वर्षमात्रै उनको कम्पनीले २० अर्ब डलर बढीको रेभेन्यू आर्जन गरेको बताइन्छ । तर, त्यसको तुलनामा कर भने कम तिरेको बताइन्छ ।

क्यानडाका नागरिक झाओको जन्म चीनको जिआंगसु प्रान्तमा भएको थियो । उनका पिता विश्वविद्यालयका प्रोफेसर थिए । उनलाई सांस्कृतिक क्रान्तिको समयमा ग्रामीण क्षेत्रमा निर्वासित गरिएको थियो । त्यो समयमा झाओको उमेर १२ वर्षको मात्रै थियो । सोही समयमा उनको परिवार बैंकूवर भागे ।

कम उमेरमा प्रविधिको क्षेत्रको सम्कर्पा पुगेका झाओले कम्प्युटर साइन्सको अध्ययन गरे । पढाई लगत्तै उनले ब्लुमबर्ग एलपीमा ४ वर्ष टोकियो र न्यूयोर्कको फाइनान्स कम्पनीमा काम गरे ।

क्रिप्टोबाट पैसा छाप्ने मेशिन बनाउने काममा भने उनी सन् २०१३ देखि लागेका हुन् । झाओको यात्रा सन् २०१३ मा चीनको सांघाईको बिटिसीबाट शुरु भएको हो । बिटिसीका प्रमुख कार्यकारी अधिकृत बाबी ली र लगानीकर्ता रान काओको साथ दोस्ती गरे उनले । उनीहरुले पोकर गेममा काम गरे । त्यो समय थियो, सायद उनको टर्निङ प्वाइन्ट । त्यसबाट आएको पैसा मध्ये १० प्रतिशत उनीहरुले बिटक्वाइनमा लगानीका लागि प्रोत्साहित गरेका थिए ।

केही समय अध्ययन गरेपछि उनले त्यसको फाइदा उठाए । थप लगानीका लागि उनले आफ्नो अर्पाटमेन्ट नै बिक्री गरिदिए । उनले सन् २०१७ मा बिनांश नामक क्रिप्टोकरेन्सीको स्थापना गरे । स्थापना भएको छोटा समयमा नै बिनांश एक क्रिप्टोको क्षेत्रमा एक पावर हाउसको रुपमा स्थापना भयो ।

उनले अब छिट्टै बिनांशको मुख्यालय समेत स्थापना गर्ने तयारीमा रहेको बताएका छन् । त्यसका लागि उपयुक्त स्थानको खोजी भइरहेको गत नोभेम्बरमा बताएका थिए । त्यसको घोषणा छिट्टै गरिने उनकोभनाइ छ ।

उनको फर्मको नेटवर्थ ३०० अर्ब डलर बराबरको हुने बताइएको छ । त्यसका लागि क्यामेन आइल्याण्डमा दर्ता भएको एक कम्पनी पनि छ । सो आइल्याण्डमा दर्ता भएका कम्पनीहरु करका सन्दर्भमा सहज मानिन्छन् ।

कूल ३०० अर्ब डलर बराबरको नेटवर्थ भएको कम्पनी स्थापना गर्नुको मतलब यो हो कि उनले टेस्लाका एलन मस्क भन्दा पनि अगाडि जान खोजेका छन् । हाल मस्कको कूल सम्पत्ति २८२ अर्ब डलरका साथ संसारभर कै शीर्ष स्थानमा छन् । यस्तै जेफ बेजोस १९२ अर्ब डलरका साथ संसारका धनीहरुको सूचीमा दोस्रो स्थानमा छन् ।


क्लिकमान्डु