यी हुन् नेप्सेको सीइओमा सिफारिस तीन व्यक्ति, कसले मार्ला बाजी ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्तीका लागि छनोट समितिले ३ जनाको सिफारिस गरेको छ ।

सीइओको लागि ११ जनाले आवेदन दिएका थिए । ११ जनाबाट ५ जनाको नाम सर्ट लिस्टमा राखेको थियो । ५ जनाबाट ३ जनाको नाम समितिले सिफारिस गरेको स्राेतले बताएकाे छ । जसमा कृष्णबहादुर कार्की, डा. केशव श्रेष्ठ र डा. रमेशकुमार भण्डारी रहेका छन् ।

उनीहरुको नाम समितिले छनोट गरेपछि अर्थमन्त्रालयले मन्त्रिपरिषदको बैठकमा पेश गर्ने छ । मन्त्रिपरिषदले कुनै एक जनालाई आगामी ४ वर्षका लागि नेप्सेको जिम्मेवारी दिनेछ ।

सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएपछि तत्कालीन सीइओ चन्द्र साउँदले राजीनामा दिएपछि सीइअ‍ो पद खाली थियो ।


क्लिकमान्डु