२३ जलविद्युत कम्पनीलाई तत्काल आइपीओ निष्काशन गर्न नदिए इप्पानले आन्दोलन गर्ने



काठमाडौं । नेपाल धितोपत्र बोर्डले पाइपलाइनमा रहेका २३ वटा जलविद्युत कम्पनीलाई एक साता भित्र आइपीओ निष्काशन कार्य अगाडि नबढाए इप्पानले आन्दोलन गर्ने भएको छ ।

एक हप्ताभित्र जलविद्युत कम्पनीहरुको आइपीओ निष्कासनको अनुमतिको कार्य अगाडि बढाई निर्माणमा रहेका आयोजनाहरुलाई यथाशीघ्र सम्पन्न हुने वातावरण सिर्जना गरिदिन माग गरेको छ । एक हप्ताभित्र आइपीओ निष्काशनको वातावरण नबने थप सशक्त आन्दोलन गर्न बाध्य हुने जानकारी गराएको छ ।

आइपीओ जारी गर्न आवेदन दिएर पाइपलाइनमा रहेका २३ जलविद्युत कम्पनीलाई तत्काल आइपीओ निष्काशनको लागि अनुमित दिन माग गरिएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान)ले बोर्डका अधिकारीलाई भेटेर यस्तो माग गरेको हो । इपानले जलविद्युत कम्पनीहरुको आइपीओ निष्कासनको अनुमतिको कार्य तत्काल अगाडि बढाउन माग गरेको छ । आइपीओ जारी गर्नको लागि आवेदन दिएर पाइपलाइनमा रहेका जलबिद्युत कम्पनीहरुलाई धितोपत्र बोर्डले लामो समय भइसक्दा समेत कुनै सुनुवाई नगरेपछि इपानले सेबोनमा पुगेर यस्तो माग गरेको हो ।

जलबिद्युत कम्पनीहरुको आइपीओको सम्बन्धमा सेबोन अनिर्णयको बन्दी बन्दा निर्माणाधीन जलबिद्युत आयोजनाहरु गम्भीर रुपमा प्रभाबित भएको इपानको ठहर छ । आइपीओ जारी नहुँदा रकम अभाव भई निर्माणाधीन आयोजनााहरुको कार्य ठप्प भएको बताइएको छ । निर्माणको अन्तिम चरणमा रहेका आयोजनाहरुको समेत रकम अभावका कारण काम रोक्नुपर्ने अवस्था श्रृजना भएको बतायएको छ । आयोजनाहरुको काम यसरी प्रभाबित हुँदा लागत बढ्न गई अन्ततः आयोजनाहरु नै सम्पन्न गर्न नसकिने समस्या तथा चुनौतिहरु थपिदै जाने संकेत देखिन थालेको इपानको तर्क छ ।

‘आयोजना समयमै सम्पन्न हुन नसक्दा देशलाई १० बर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने राष्ट्रिय लक्ष्यमा समेत गम्भीर धक्का लाग्ने, राज्य र लगानीकर्ताहरुको अर्बौ रुपैयाँको नोक्सानी हुने र यसबाट बैंक तथा वित्तीय संस्थाहरु प्नि गम्भीर रुपले प्रभाबित हुने इप्पानको तर्क छ ।
भेटमा बोर्डका प्रवक्ता निरज गिरीले जलविद्युत आयोजनाको आइपीओ निष्कासन सम्बन्धि फाइलहरु बोर्डबाट स्वीकृतिका लागि अगाडि बढाईसकेको र सोको बारेमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव तथा अर्थ मन्त्रालयका सचिवसँग बारम्बार छलफल भइरहेको बताए ।


क्लिकमान्डु