एक सातामा बैंकिङ प्रणालीमा थपियो ५९ अर्ब निक्षेप, सीडी रेसियो ९०% बाट तल झर्‍यो



काठमाडौं । बैंकमा रहेको स्थानीय निकायको पैसा ८० प्रतिशतसम्म निक्षेपमा गणना गर्न पाउने व्यवस्थासँगै बैंकहरुमा तरलता थपिएको छ । एकसातामा बैंकहरुमा ५९ अर्ब रुपैयाँ निक्षेप थपिएको छ ।

पुस १६ सम्म वाणिज्य बैंकमा ४२ खर्ब ४९ अर्ब निक्षेप रहेकोमा अहिले पुस २३ गतेसम्म ४३ खर्ब ८ अर्ब पुगेको छ । यस्तै कर्जा ४० खर्ब ९९ अर्ब रहेकोमा ४१ खर्ब ७ अर्ब पुगेको छ ।

अर्थमन्त्रालयले असार मसान्तसम्म वाणिज्य बैंकहरुले स्थानीय तहको कोषको ८० प्रतिशतसम्म रकमलाई निक्षेप गणना गर्न सक्ने व्यवस्था गरेको थियो ।

अर्थमन्त्रालयको नीतिलाई राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएसँगै अल्पकालिन रुपमा तरलता समस्याको समाधान भएको देखिएको छ । ५० प्रतिशतसम्म रकमलाई निक्षेपमा गणना गर्न पाउने व्यवस्था ८० प्रतिशतमा पुर्याएपछि बैंकहरुको सीडी रेसियो ९० प्रतिशतबाट तल झरेको छ । अहिले शुक्रबारसम्मको तथ्यांकमा बैंकहरुको सीडी रेसियो ८९.२९ प्रतिशत रहेको छ ।

पुसको अन्तिम साता भने कर प्रयोजनका लागि बैंकबाट पैसा सरकारी खातामा जाने भएको हुँदा तरलतामा चाप पर्ने अनुमान बैंकरको छ ।


क्लिकमान्डु