स्थानीय निर्वाचनलाई २५ अर्ब चाहिने



काठमाडौं । स्थानीय तहको निर्वाचन गर्न अर्थमन्त्रालयसँग २५ अर्ब रुपैयाँ माग गरिएको छ।

सार्वजनिक लेखा समितिको बैठकमा अर्थसचिव मधु मरासिनीले सुरक्षा निकाय र निर्वाचन आयोगले २५ अर्ब रुपैयाँसम्म लाग्ने गरी रकम माग गरेको बताए ।

बजेटमा स्थानीय तह निर्वाचनलाई १० अर्ब रुपैयाँ विनियोजन गरिएको छ।

तर, बजेटमा विनियोजन गरिएभन्दाबढी रकम कैयौं क्षेत्रमा माग गरिएकाले बजेट व्यवस्थापन गर्न कठिनाइ परेको मरासिनीको भनाइ छ ।


क्लिकमान्डु