निर्वाचन आयोगले स्थानीय चुनाव गर्न २५ अर्ब माग्यो



काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन गर्न अर्थ मन्त्रालय सँग २५ अर्ब रुपैयाँ माग गरेको छ ।

सार्वजनिक लेखा समितिको बैठकमा अर्थसचिव मधु मरासिनीले सुरक्षा निकाय र निर्वाचन आयोगले २५ अर्ब रुपैयाँ सम्म लाग्ने गरि रकम माग गरेको जानकारी दिए ।

बजेटमा स्थानीय तह निर्वाचनलाई १० अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

तर, बजेटमा विनियोजन गरिएको भन्दा बढी रकम अन्य क्षेत्रमा माग गरिएकाले बजेट व्यवस्थापन गर्न कठिन भएको सचिव मरासिनीले बताए ।


क्लिकमान्डु