प्रचण्डलाई कोरोना संक्रमण



काठमाडौं । नेकपा माओबादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण भएको छ । शुक्रबार साँझ गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रचण्डको सचिवालयको तर्फबाट छोरी गंगा दाहालले उक्त जानकारी दिएकी हुन् ।

‘अध्यक्ष कमरेड प्रचण्डको स्वास्थ्यमा केही असहजता देखिएकोले हिजो बेलुकी पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ। उहाँ अहिले आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहनु भएको र स्वास्थ्य अवस्था सामान्य छ। यो बीचमा उहाँको सम्पर्कमा रहनु भएका सबैले सतर्कता अपनाउनुहुन अनुरोध गर्दछौं। डाक्टरको सल्लाह अनुसार आइसोलेशनमा बस्नुपर्ने भएकोले पूर्वनिर्धारित सम्पुर्ण कार्यक्रमहरु स्थगित गरिएको जानकारी गरॉउदछौं,’ सचिवालयले भनेको छ ।


क्लिकमान्डु