महाकाली नदीमा मैत्री पुल बन्ने



काठमाडौं । महाकाली नदीमा मैत्री पुल निर्माणको लागि भारत सरकारले समझदारी पत्रमा हस्ताक्षर गर्ने भएको छ ।

भारत सरकारको आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल र भारतको सिमाना दार्चुलास्थित महाकाली नदीमा मैत्री पुल बनाउन नेपालसँग समझदारी पत्रमा हस्ताक्षर गर्ने अनुमति प्रदान गर्ने निर्णय गरेको हो ।

भारतीय विदेशमन्त्री डा एस जयशंकरले मैत्री पुल बन्ने जानकारी दिए ।

जयशंकरले यो निर्णयले नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने पनि उल्लेख गरेका छन् ।

बिहीबार नै परराष्ट्रमन्त्री नारायण खड्का र भारतीय विदेशमन्त्री एस जयशंकरबीच टेलिफोनमा सम्पर्क समेत भएको थियो ।


क्लिकमान्डु