भारतले म्यानमार जोड्ने १११ किलोमिटर लामो रेल्वे लाइन बनाउँदै



एजेन्सी । नेपालमा रेलको कुरा गर्दा जनकपुरमा पालले छोपेर राखिएको दृश्य सबैको नजरमा आउँछ । उत्तरतर्फबाट रेल्वे लाइन बनाउने कुरा पनि अब एकादेशको कथा जस्तै भएको छ ।

दक्षिणतर्फको रेल्वे लाइनको विषयमा केही प्रक्रिया अगाडि बढेको भएपनि खास अर्थमा काम हुन सकेको छैन । जनकपुर जयनगर रेल चलाउने भनिएको पनि लामो समय भयो । तर काम भने हुन सकेको छैन ।

रक्सौल–काठमाडौं रेलमार्ग निर्माणका बारेमा पनि अध्ययन जारी छ । काम नै शुरु हुन अझै लामो समय लाग्ने निश्चितप्राय नै छ । तर, भारत र म्यानमारबीच रेल्वे लाइन बनाउने विषयमा प्रक्रिया अगाडि बढेको छ ।

भारतको पूर्वी राज्यहरुमा पुर्याइने रेललाई म्यानमारसम्म जोड्ने तयारी भइरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । मणिपुरमा पुगेको रेल्वे लाइनलाई बिस्तार गरेर म्यानमारसँग जोडन लागिएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार अब भारतीय रेल सेवा म्यानमारसम्म पुग्नेछ । भारत र म्यानमारबीचको सम्बन्धलाई थप विस्तार गर्ने उद्देश्यले भारतीय रेल्वेले आफनो काम अगाडि बढाएको छ ।

पूर्वोत्तर क्षेत्रमा रहेको म्यानमारको सीमासम्म भारतीय रेल्वे लाइन बनाउने बारेमा भारतको रेल मन्त्रालयले फाइनल सर्भेका लागि अन्तिम स्वीकृति प्रदान गरेको छ ।

भारतीय रेल्वेका अनुसार मणिपुरका मुख्यमन्त्री एन वीरेन सिंहको मागलाई २ घण्टाको बीचमा नै स्वीकृति दिइएको थियो । मणिपुरका मुख्यमनत्रीले केन्द्रीय रेलमनत्री अश्विनी वैष्णवकको पूवोैत्तरु यात्राको क्रममा सो माग गरेका थिए ।

रेलमन्त्रीले रेल्वे मनत्रालयका अधिकारीसँग कुरा गरेर म्यानमारसम्म रेल्वे लाइन बनाउने विषयमा अन्तिम सर्वेक्षणका लागि अनुमति दिने निर्णय गरेका थिए ।

यसअघि म्यानमारसम्म रेल्वे लाइन बनाउने विषयमा केन्द्र सरकारले अनुमति दिएको थिएन । र, इन्डो म्यानमार रेल लिंक परियोजनामार्फत् सो काम अगाडि बढ्ने भएको छ ।

हाल मणिपुरको इन्फालसम्म रेल्वे लाइन पुगेको छ । सोही स्थानबाट क्यानमारतर्फ आफै रेल्वे लाइन निर्माण गर्ने तयारी छ । मोरेहदेखि टामुसम्म रेल्वे लाइन जोड्ने तयारी छ ।

सर्वेक्षण अनुसार नयाँ रेल्वे लाइन कूल १११ किलोमिटर लामो हुनेछ । उत्तरपूर्वी राज्यको आर्थिक विकास तथा विस्तारका लागि समेत रेल्वे परियोजना महत्वपूर्ण मानिएको छ । कूल लागतका बारेमा भने केही पनि बताइएको छैन ।


क्लिकमान्डु