प्रधानमन्त्री सहभागी हुने भनिएको भाइब्रेन्ट गुजराज सम्मेलन स्थगित



काठमाडौं । भारतको गुजराजतमा हुने भनिएको ‘भाइब्रेन्ट गुजरात’ समिट स्थगित भएको छ ।

भारतमा कोरोनाको तेस्रो लहर देखिन थालेपछि सम्मेलन स्थगित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रधानमन्त्री देउवा गुजरातमा हुने सम्मेलनमा भाग लिन जाने तयारीमा थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने सम्मेलनमा प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने कार्यत्रम थियो । गुजरातमा नै प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री देउवाबीच द्धिपक्षिय विषयमा भेट हुने कार्यत्रम थियो ।


क्लिकमान्डु