उखुको मूल्य प्रतिक्विन्टल ५९० रुपैयाँ निर्धारण, भारतसँग मल किन्ने सरकारको निर्णय



काठमाडौं । सरकारले उखुको मूल्य निर्धारण गरेको छ । जसमा सरकारले प्रतिक्विन्टिल ५९० रुपैयाँ निर्धारण गरेको छ ।
आज बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो ।

त्यसअघि मंगलबार लेखा समितिको बैठकमा अझै पनि किसानले ८ करोड ७० लाख रुपैयाँ चिनी उद्योगले भुक्तानी गर्न बाँकी रहेको भन्दै भुक्तानी नगर्ने उद्योगको बैंक खाता रोक्का गर्न माग गरिएको थियो ।

साथै सरकारले भारतसँग जी टु जी प्रक्रियामार्फत् मल खरिद गर्ने समेत निर्णय गरेको छ । यसअघि सरकारले तीन दिनअघि पत्रकार सम्मेलन नै गरेर मलको अभाव रहेको बताएको थियो । सरकारले मलको अभाव भएको भन्दै प्रांगारिक मल प्रयोग गर्न समेत सुझाव दिएको थियो ।


क्लिकमान्डु