५ दिनमा डेढ सयभन्दा बढी अंकले बढेपछि ३०.७५ अंकले घट्यो नेप्से



काठमाडौं । पछिल्लो ५ कारोबार दिनमा १६० अंकले उकाले लागेको नेप्से परिसूचक बुधबार ३०.७५ अंकले ओरालो लागेको छ । यो दिन जलविद्यूत् र फाइनान्सबाहेकका उपसूचक राताम्मे भएका छन् ।

यो दिन ९५ लाख ५९ हजार ४२९ कित्ता सेयर ४ अर्ब ६२ करोड १५लाख ९८ हजार ५८२ रुपैयाँमा कारोबार भएको छ । यो दिन ६४ वटा कम्पनीको सेयर मूल्य बढ्दा १६१ वटा कम्पनीको सेयर मूल्य बढेको छ । साथै, ११ वटा कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

यो दिन मध्यभोटेकोशी जलविद्यूत् कम्पनीको सेयर मूल्इ ९.९६ प्रतिशतले बढेको छ भने छ्याङदी हाइड्रोपावर ५.४९ प्रतिशत, तेह्रथुप पावर कम्पनपीको ५.४० प्रतिशतले सेयर मूल्य बढेको छ ।


क्लिकमान्डु