सर्वोत्तम सिमेन्टले पुनः बुक विल्डिङ विधिबाट आइपीओ ल्याउने प्रस्ताव पारित गर्ने



काठमाडौं । सर्वोत्तम सिमेन्टले माघ ११ गते तेस्रो साधारणसभा गर्ने भएको छ । कम्पनीले उक्त सभामा बुक विल्डिङ विधिबाट प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने प्रस्ताव गर्ने भएको छ ।

माघ ११ हुने सभामा सञ्चालक समितिको दोस्रो बार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने र उसको पारिश्रमिक तोक्ने प्रस्ताव रहेको छ ।

यस्तै धादिङ जिल्लाको रोराङ गाँउपालिका स्थित काद्रांगढी मा रहेको चुनढुंगा भण्डारणको उत्खनन कार्यको लागि १५ करोड १ लाख रुपैयाँ सरकारको निर्णय बमोजिम खानी खरिद गरिएको हुँदा सञ्चालक समितिबाट यो प्रस्ताव पारित गर्र्ने भएको छ ।


क्लिकमान्डु