साउदी अरबले ग्वादरबाट किन कराची नजिकै सार्यो १० अर्ब डलर लागतको इन्धन प्रशोधन परियोजना



एजेन्सी । पछिल्ला दिनहरुमा चिनियाँ लगानीको विस्तार तथा चीन पाकिस्तान इकोनोमिक करिडोरको प्रमुख हिस्साको रुपमा विकास भइरहेको पाकिस्तानको बलुचिस्तान प्रान्तमा साउदी अरबले इन्धन प्रशोधन केन्द्र स्थापना गर्ने विषयलाई स्थानान्तरण गरेको छ ।

यसअघि बलुचिस्तानको ग्वादरमा नै प्रशोधन केन्द्र स्थापना गर्ने साउदी अरबको घोषणा थियो । सो क्षेत्रमा चिनियाँ लगानी केन्द्रित भएकाले अब इन्धन प्रशोधन केन्द्र कराची नजिकै रहेको बलुचिस्तानको एक तटिय शहर हबमा स्थानान्तरण गर्ने भएको छ ।

भव्य सामुन्द्रिक बन्दरगाह, विमानस्थल तथा ठूला ठूला राजमार्ग र रेलमार्ग निर्माणको काम एकैसाथ ग्वादरमा भइरहेको छ ।

चीनले एशिया तथा यूरोपलाई जोड्ने लक्ष्यका साग ग्वादरमा भव्य संरचनाहरु निर्माण गरिरहेको छ । हजारौ कामदार, सयौं उपकरणका साथ एकैसाथ आधा दर्जन बढी परियोजनामा चीनले काम गरिरहेको छ ।

यसबाट पाकिस्तानको अर्थतन्त्रमा समेत सुधार आउने र चीनले छोटो समयमा नै लगानी उठाउन सक्ने अनुमान पनि सार्वजनिक भएको छ ।

बलुचिस्तानको ग्वादरमा चिनियाँ लगानीको विस्तार भएसँगै साउदी अरबलाई बलुचिस्तानको नजिकै रहेको अर्को सहरमा लगानी बिस्तार गर्न पाकिस्तानले आग्रह गरेको बताइन्छ ।

इन्धन प्रशोधन परियोजनामा जोडिएका अधिकारीहरुका अनुसार साउदी राजकुमारका तर्फबाट घोषणा गरिएको सो परियोजनामा केही समस्या देखिएकाले इन्धन प्रशोधन केन्द्र निर्माणको परियोजनालाई अर्को स्थानमा सार्न खोजिएको छ ।

ग्वादर एकपछि अर्को गर्दै आर्थिक केन्द्रका रुपमा विकास भइरहेको बेला सो स्थान छाडेर साउदी अरबले किन अर्को स्थानको खोजी परेको होला भन्ने प्रश्न यसबीचमा नउठेको भने होइन ।

तर, हरेक सहरलाई विशेष बनाउने र आर्थिक केन्द्रकहरुका रुपमा बिस्तार गर्ने योजनाका साथ पाकिसतान आफैले अर्को तटीय सहरलाई रोजेको हुन सक्ने अनुमान पनि लगाइएको छ ।

सन् २०१९ मा साउदी राजकुमार मोहम्मद बिन सलमानको पाकिस्तान भ्रमणको क्रममा साउदी अरबका तर्फबाट २० अर्ब डलर बराबरको लगानी गर्ने सम्झौतामा हस्ताक्षर भएको थियो । त्यसमा साउदी अरबको तर्फबाट बलुचिस्तानको तटीय शहर ग्वादरमा इन्धन प्रशोधन केन्द्र निर्माण गर्ने सम्झौता समेत भएको थियो ।

सो परियोजनाका लागि ८ देखि १० अर्ब डलर बराबरको खर्च लाग्ने अनुमान गरिएको थियो । सम्झौता भएको ३ वर्ष पुग्न लागेपनि हालसम्म कुनै प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

चीन पाकिस्तान इकोनोमिक करिडोरको मुख्य प्रवेशबिन्दुको रुपमा रहेको ग्वादरबाट किन अर्को स्थानमा इन्धन प्रशोधन केन्द्र स्थानान्तरण गर्न लागियो भन्ने चासो चीन, भारत, पाकिस्तानलगायत अरब देशहरुले समेत व्यक्त गरेका छन् ।

चीन र पाकिस्तानको सम्बन्ध आफैमा राम्रो रहेको छ । चीन र भारत तथा पाकिस्तान र भारतको सम्बन्ध भने खासै राम्रो छैन । ती देशको साउदी अरबसँग ठीकै खालको सम्बन्ध रहेको छ ।

साउदी अरबले अब सो इन्धन प्रशोधन केन्द्रलाई ग्वादरबाट स्थानान्तरण गरेर कराची र बलुचिस्तान नजिकै रहेको शहरमा निर्माण गर्ने तयारी थालेको छ ।

ग्वादरबाट किन सार्नुपर्यो त भन्ने बारेमा पाकिस्तान र साउदी अरबका तर्फबाट आधिकारिक धारणा सार्वजनिक नभएपनि चीनले काम गरिरहेको क्षेत्रमा नै गएर किन लगानी गर्नुपर्यो भन्ने मानसिकतामा साउदी अरब पुगेको हुनसक्छ ।

हबमा निर्माण हुने भनिएको सो परियोजनालाई राजनीतिक परियोजनाको नाम दिइएको छ । त्यसो त पछिल्ला दिनमा केही विषयहरुका कारण साउदी अरब र पाकिस्तानकाबीचको सम्बन्ध खास रुपमा न्यानो बन्न सकेको छैन ।

सोही कारण ग्वादरको परियोजनामा काम हुन सकेको थिएन । केही जानकारले भने साउदी अरबले सो इन्धन प्रशोधन परियोजनामा चासो नदेखाएको दावी गरेका छन् ।

सरकारी अधिकारीहरु भने यसबारेमा खुलेर बोल्न चाहदैनन् । उनीहरुले अब बलुचिस्तान र कराचीको बीचको तटीय शहर हबमा नै काम गर्नेबारेको प्रक्रिया अगाडि बढाइएको छ ।

साउदी राकुमार मोहम्मद बिन सलमानको पाकिस्तान भ्रमण भन्दा पहिले साउदी अरबका ऊर्जामन्त्री खालिद अल फलीहले सो परियोजनाको घोषणा गरेका थिए ।

उनले ग्वादरमा एक ठूलो इन्धन प्रशोधन केन्द्र निर्माण हुनेछ । त्यसबाट पाकिस्तान, चीन र आसपासमा देशहरुमा इन्धन आपूर्तिको काम हुनेछ ।

इन्धन क्षेत्रसँग जोडिएका एक सरकारी एजेन्सकिा वरिष्ठ अधिकारीले दिएको जानकारी अनुसार रिफाइनरी डिप कन्भर्सन रिफाइनरीको एक सम्झौता हो ।

त्यसमा पेट्रोल, डिजलका सा साथै रसायन अर्थात् लुब्रिकेन्टको समेत उत्पादन गर्ने लक्ष्य राखिएको छ । ती अधिकारीका अनुसार सो परियोजना एक रिफाइनरी मात्रै होइन एक पेट्रोकेमिकल वृहद कम्प्लेक्स परियोजना हो ।

उनका अनुसार पाकिस्तानमा हाल चली रहेको रिफाइनरीमा पेट्रोल , डिजलको साथ साथै फर्नेस आयलको उत्पादन भइरहेको छ । त्यसमा लुब्रिकेन्टको भने उत्पादन हुँदैन ।

पाकिस्तानमा निर्माण हुने भनिएको सो परियोजनामा ३ देखि ४ मिलियन व्यारेल कच्चा तेलको प्रशोधन गर्ने क्षमता राख्छ । सो परियोजना हाल शुरु गरियो भने कम्तीमा पनि सम्पन्न हुन ८ वर्ष लाग्नसक्छ ।

साउदी तेल उत्पादनकर्ता अरामकोसँग पाकिस्तानी स्टेट आयलबीच कुराकानी भइरहेको छ । तर, उक्त रिफाइनरीबाट उत्पादन हुने इन्धनको बजारका बारेमा पनि प्रश्नहरु उठेका छन् । तर पाकिस्तानले सो प्रश्नका सन्दर्भमा साउदी अरबलाई उत्तर दिइसकेको बताइएको छ ।

साउदी अरबलाई पनि ग्वादर भन्दा हब नै उपयुक्त लागेको छ । कराचीबाट नजिक हुनुको कारणले पनि उक्त प्रशोधन केन्द्रबाट उत्पादन हुने इन्धन पाकिस्तान र पाकिस्तान हुँदै चीनसम्म लेजान सकिन्छ ।

प्रशोधन केन्द्र राख्नेले बिक्री गर्ने सोच पनि राखेको हुन्छ । त्यसमा पनि सहजताको अवस्था रहेको छ । ग्वादरमा प्रशोधन केन्द्रै स्थापना गर्दा थप डेढ अर्ब डलर खर्च हुने अवस्था पनि थियो । किनकी, हाल निर्माण भइरहेको संरचनामा जोड्ने पूर्वाधार बनाउनका लागि थप रकम खर्च गर्नुपर्ने आवश्यकता थियो ।


क्लिकमान्डु