नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा प्रतिभा वैद्य



काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायब प्रबन्ध निर्देशक प्रतिभा वैद्य नियुक्त भएकी छिन् ।

नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्रबन्ध निर्देशकको पदका लागि दरखास्त आह्वान भएको तर हाल सो प्रक्रिया सम्पन्न भइनसकेको अवस्थामा मन्त्रालयको आइतबारको सचिव सचिवस्तरको निर्णयाबाट वैद्यलाई निमित्त प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो । वैद्य नायब प्रबन्ध निर्देशकको रुपमा प्रमुख प्राविधिक अधिकृतको रुपमा कार्यरत थिइन ।

हाल कार्यरत प्रबन्ध दिर्नेशक डिल्ली अधिकारीको तीन वर्षे कार्यकाल यही पुस २२ गतेदेखि सकिदै छ । अधिकारी कार्यकाल सकिनुभन्दा केही दिनअघि देखि विदामा बसेका छन् ।

नेपाल सरकारको योजना तथा कार्यक्रमलाई सहयोग हुने कार्यक्रमहरु, कम्पनीको सञ्चालक समितिको निर्णय र मार्ग निर्देशनहरु तथा नियामक निकाय लगायत अन्य सरोकारवालाको तर्फबाट प्राप्त हुने सल्लाह, सुझाव, गुनासाहरु छिटो÷छरितो तथा उचितरुपले सम्बोधन गर्ने कार्यमा सबै निर्देशनालय, विभाग, कार्यालयमा कार्यरत कर्मचारी मित्रहरु तथा कम्पनीमा क्रियाशील ट्रेड युनियनका मित्रहरुबाट विगतमा जस्तै सहयोग प्राप्त हुने अपेक्षा गर्दै नवनियुक्त निमित्त प्रबन्ध निर्देशकले कम्पनीको उत्तरोत्तर प्रगतितर्फ एकजुट भई अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको टेलिकमले जनाएको छ ।


क्लिकमान्डु