राजस्व संकलनमा जस्तो पूँजीगत खर्चमा सरकारको तदारूकता देखिएन: महासंघ अध्यक्ष गोल्छा



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले राजश्व संकलनमा जस्तो तदारुकता पूँजीगत खर्चमा देखाउन नसकेको टिप्पणी गरेका छन् ।

तरलताको समस्या पेचिलो बन्दै गएको अहिलेको समयमा सरकारको पू“जीगत खर्च मात्र बढ्न सकेपनि त्यसले केही सहयोग गर्ने उनको भनाइ थियो ।

भक्तपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरूको सम्मानमा महासंघले आइतवार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले कोभिडले थलिएको अर्थतन्त्रले केही गतिलिन खोजेका बेला तरलताको अभावले समस्या उत्पन्न थपिएको बताए ।

निजी क्षेत्रलाई पनि व्यापारमुखी मात्र भएको, उत्पादनमुुखी क्षेत्रमा लाग्न नसकेको भन्ने आरोप लाग्ने गरेको भन्दै यो केही हदसम्म सत्य भएपनि निजी क्षेत्र उपयुक्त वातावरण पाएमा उत्पादनमुुखी क्षेत्रमा केन्द्रित हुन तयार रहेको बताए ।

अध्यक्ष गोल्छाले आर्थिक गतिविधि बढ्न लागेको, आन्तरिक पर्यटन विस्तारै अघि बढ्ने तरखरमा रहेको समयमा पुनः कोभिडको अर्को भेरियन्टले विश्वलाई नै तर्साएको बताए ।

अहिले अन्तर्राष्ट्रिय हवाई उडानहरु बन्द भएका, देशहरु पुनः लकडाउनतर्फ गइरहेका र त्यसको प्रभाव नेपालमा पनि पर्ने चिन्ता बढेको बताए ।
‘अर्थतन्त्र र रोजगारीमा ठूलो योगदान रहेको पर्यटन क्षेत्र ओमीक्रनको त्रासले सेटव्याक हुने खतरामा छ,’ उनले भने ।

अर्थतन्त्रको बिस्तार, रोजगारी सृजना, निर्यात अभिवृद्धि गर्ने लक्ष्यका साथ महासंघले ल्याएको भिजन पेपर नेट २०३० को सफल कार्यान्वयनमा महासंघको सिंगो सञ्जालको कार्यगत एकता, सहकार्य, ओनरशीप आवश्यक रहेको बताए ।

भक्तपुर उद्योग वाणिज्य संघले महासंघका हरेक कार्यमा सहयोग गर्दै आएकोमा त्यसको प्रशंसा समेत गरे ।

अध्यक्ष गोल्छाले भक्तपुरको प्रमुख सामथ्र्य भनेको पर्यटन, हस्तकला, कला संस्कृतिनै रहेकाले यी क्षेत्रको विकासमा संघले नविनतम सोचका साथ काम गर्न आग्रह समेत गरे ।

भक्तपुरको ऐतिहासिक महत्वलाई उजागर गर्ने र पर्यटन पूर्वाधार विकासमा संघले नेतृत्वदायी भूमिका निर्वाह गर्न सुुझाव दिंदै संघले थालेका सवै कार्यमा महासंघले सहयोग गर्ने प्रतिवद्धता पनि जनाए ।

महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन काम गरेर देखाउन जरुरी रहेको बताए । सानो ठाउँमा पनि ठूलो काम गर्न सकिने उदाहरण दिंदै उपाध्यक्ष श्रेष्ठले लगभग भक्तपुरकै आकारको माल्टाले ्रतिवर्ष २२ लाख पर्यटकभित्रयाउने गरेको भन्दै भक्तपुरसँग पनि त्यो सम्भावना प्रवल रहेको बताए ।

स्थानीय निकायबाट अव्यवहारिक रुपमा उठाइएका करका सम्बन्धमा महासंघले सम्बन्धित निकायको ध्यानाकर्षण गराइसकेको पनि स्पष्ट पारे । महासंघको सञ्जालभित्रका सबै सदस्यहरुको महत्वलाई अझ बढाउने गरी कार्य गर्न वर्तमान नेतृत्व लागेको बताए ।

उद्योग व्यवसाय विकासका लागि अवरोध बनेका ऐन कानूनको संशोधन, पुनरलेखनका लागि महासंघले सरकारसँग निरन्तर लवी गरीरहेको पनि उनले बताए ।

महासंघका उपाध्यक्ष रामचन्द्र संघाईले भक्तपुर कला, संस्कृति, मौलिकतामा सम्पन्न रहेकाले अहिलेको यूवा टीमले त्यसैको आधारमा काम गर्नुपर्ने सुुझाव दिए ।

उनले विगतमा भक्तपुर ताजा तरकारीका लागि निकै प्रशिद्ध रहेको पनि चर्चा गरे । कुनै समय कृषिका लागि अब्बल मानिएको भक्तपुर यतिखेर पर्यटनको बढी सम्भाव्यता बोकेको जिल्ला भएकाले आफूमा जे सामथ्र्य छ त्यसैको विकासमा लाग्नुुपर्ने धारणा राखे ।

संघका नवनिर्वाचित अध्यक्ष शिवप्रसाद मानन्धरले संघले महासंघसँग सदैव संस्थागत सहकार्य गर्दै आएको र आफ्नो कार्यकालमा पनि त्यो रहिरहने प्रतिवद्धता जनाए ।

आफ्नो नेतृत्वको भावी योजना सुुनाउंदै अध्यक्ष मानन्धरले पर्यटन विकासमा वर्तमान कार्यकाल विशेष रुपमा केन्द्रित हुने बताए ।

स्थानीय निकायले जथाभावी उठाएका करहरु रोकिनुुपर्ने र चेम्वर कानून ल्याउनुु पर्नेमा जोड दिंदै त्यसमा सहयोग गर्न आग्रह समेत गरे । साथै, उनले संघले वर्षैभरी गर्ने कार्यक्रमका विषयमा छिट्टै कार्यशाला गरी तय गर्ने पनि जानकारी गराए ।

कोभिडले थलिएको अर्थतन्त्रको पुनरुत्थानका लागि महासंघले ल्याउने कार्यक्रममा संघकातर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता जनाए । संघका नवनिर्वाचित पदाधिकारीहरु, कार्य समिति सदस्यहरुको नेतृत्व गर्दै महासंघ सचिवालयमा आएका अध्यक्ष माननन्धरले निजी क्षेत्रको एकतामा पनि जोड दिएका थिए ।


क्लिकमान्डु