सिडिएससीको ४० प्रतिशत लाभांश पारित



काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले ४० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

सिडिएससीले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको सोमबार बसेको साधारणसभाले उक्त लाभांश पारित गरेको हो ।

कम्पनी ऐन २०६३ को दफा १११ अनुसार उक्त लाभांश दिएको हो । महालेखापरीक्षकको कार्यालयको सिफारिस अनुुसार लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमीक तोक्ने प्रस्ताव पारित गरेको छ ।


क्लिकमान्डु