कारोबार रकमसँगै इन्डेक्समा सुधार, सेयर लगानीकर्ता हर्षित



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको बढोत्तरी देखिएको छ । किनै उतार चढाबकाबीच बजारमा दोहोरो अंकको सुधार भएको छ ।
बजार मापन गर्ने सूचक ३२.०३ अंकले बढेर परिसूचक २६१६.९४ बिन्दुमा रोकिएको छ ।

२३० कम्पनीको ८२ लाख ५ हजार ५२ कित्ता सेयर ४ अर्ब ५३ करोड ३० लाख १७ हजार १७८ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा अधिकांश समूहको उपसूचकमा सुधार आएको छ । बैंकिङ समूहको उपसूचक २५.४०, विकास बैंक ७३.२८, फाइनान्स कम्पनी ४२.८१, जलविद्यूत १०.११, जीवन बीमा ९३.८८, माइक्रोफाइनान्स १४५.१५, निर्जीबन बीमा समूहको उपसूचक ६१.३६ अंकले बढेको छ ।

बजारमा आएको सुधारले लगानीकर्ता पनि आकर्षित देखिन थालेका छन् । नेप्से सूचकका साथै कारोबारमा आएको सुधारका कारण लामो समयपछि लगानीकर्ता बजारप्रति आकर्षित पनि बनिरहेका छन् ।

कारोबारमा मध्ये भोटेकोशी जलविद्यूतको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै गुराँस लघुवित्त वित्तीय संस्था, एनआईसी एसिया लघुवित्त वित्तीय संस्था, साल्ट टे«डिङ कर्पोरेशनको सेयर लगानीकर्ता मालामाल बनेका छन् । यस्तै रु रु जलविद्यतु कम्पनी, नेपाल बंगलादेश बैंक, कालिका पावर, लुम्बिनी जनरल इन्स्योरेन्सका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु