रेल सञ्चालन छिट्टैः मन्त्री यादव



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले छिट्टै रेल सञ्चालन गर्ने बताएकी छन् । आइतबार अर्थसमितिको छलफलमा मन्त्री यादवले यसका लागि प्रक्रिया अगाडि बढाइएको समेत बताइन ।

मन्त्री यादवले हाल कर्मचारीहरुलाई तालिम दिने प्रक्रिया अगाडि बढाइएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएपछि रेल सञ्चालनका लागि सम्झौता समेत गर्ने बताइन् ।

मन्त्री यादवले नेपालमा विद्युतीय रेल सञ्चालनका लागि अध्ययन भइरहेको र सञ्चालनका लागि सरकारले प्रतिबद्ध रहेको बताइन् । विद्युतीय रेल सञ्चालन गर्न सकियो भने व्यापार घाटा कम गर्न सहयोगी हुने उनको भनाइ छ ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले भारतबाट रेल खरिद गरेर ल्याएको थियो । तर हालसम्म रेल थन्किएर बसेका छन् । भारतसँग रेल सञ्चालनका लागि सम्झौता नहुँदा रेल सञ्चालन हुन सकेको छैन ।


क्लिकमान्डु