ज्योति विकास बैंकका सीइओ भट्टको तलब ८१ लाख, लगानीकर्तालाई १५.५ % लाभांश



काठमाडौं । ज्योति विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ)लाई गत आर्थिक वर्षमा ८० लाख ९६ हजार ७८२ रुपैयाँ तलब भत्ता दिएको छ ।

बैंकले सीइओ श्रीचन्द्र भट्टलाई उक्त रकम तलब भत्ता बापत दिएको छ । सीइओ भट्टले गत आवमा तलब बापत ५३ लाख १५ हजार ६२५ रुपैयाँ, भत्ता बापत १७ लाख ९९ हजार ५९४ रुपैयाँ, दशैं भत्ता र उपहार बापत ४ लाख ५० हजार रुपैयाँ र सञ्चय कोषमा योगदान ५ लाख ३१ हजार ५६३ रुपैयाँ रहेको छ । सीइओ भट्टलाई बैंकले टेलिफोन, इन्धन, गाडी तथा बीमा सुविधा दिने गरेको छ ।

यता आवमा बैंकका सञ्चालकले २३ लाख ८ हजार ५ सय रुपैयाँ बैठक भत्ता लिएका छन् भने पत्रपत्रिका, मोबाइल तथा इन्टरनेट बापत ३ लाख ५५ हजार ५०० रुपैयाँ लिएका छन् ।


क्लिकमान्डु